१६ साउन, धादिङ –
धादिङको गल्छी गाउँपालिका वडा नं ८ र थाक्रे गाउँपालिका वडा नं. ११ (साविकको गोगनपानी गाविस) लाई सोमबार खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ ।
खुल्ला दिशामुक्त क्षेत्र तथा स्वच्छता समन्वय समितिको आयोजनामा सोमबार थाक्रे गाउँपालिका वडा नं ११ मा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथन प्रमुख जिल्ला अधिकारी महेश आचार्यले घोषणा गरेका हुन् ।
गाविसमा रहेका ९४ प्रतिशत भन्दा बढि घरधुरीमा शौचालय निर्माण गरेको र ६ प्रतिशत घरधुरीले सँयुक्त शौचालय प्रयोगको आधारमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको आयोजकले जनाएको छ ।
२०७४ साउन १६ गते प्रकाशित