Fri. Feb 28th, 2025

धादिङका १७ वटा सहकारीको दर्ता खारेज


१६ साउन,  धादिङ –

धादिङका १७ वटा सहकारीहरु खारेजीमा परेका छन् । डिभिजन सहकारी कार्यालय धादिङका अनुसार निष्किृय रहेका सहकारी प्रक्रियागत रुपमा खारेज गरिएको बताइएको छ ।

दुग्ध सहकारी २ वटा, कृषि सहकारी ९ वटा, बचत तथा ऋण ३ वटा, फलफुल तथा तरकारी २ वटा र विद्युत १ वटा खारेज गरिएको छ ।

खारेजी गरिएको सहकारी संस्थाहरुमा ज्योति दुग्ध उत्पादक सहकारी संस्था लि. केवलपूर–२, चण्डभूमि दुग्ध उत्पादक सहकारी संस्था लि. तसर्पु–२, त्रिवेणी कृषि बहुउदद्देश्यीय सहकारी संस्था लि. छत्रेदेउराली–६, ज्वाला कृषि बहुउदद्देश्यीय सहकारी संस्था लि. चैनपूर–८, मनरुपी कृषि सहकारी संस्था लि. नीलकण्ठ–११, समावेशी महिला कृषि सहकारी संस्था लि. नीलकण्ठ–६, सुन्दरादेवी कृषि सहकारी संस्था लि.छत्रेदेउराली–१, आहालदेवी महिला कृषि सहकारी संस्था लि. नीलकण्ठ–२, कलवरी प्राङ्गारिक कृषि सहकारी संस्था लि. लापा–२ रहेका छन् ।

त्यस्तै कोल्पु कृषि सहकारी संस्था लि. जीवनपूर–१, युवा अभियान कृषि सहकारी संस्था लि. नलाङ–२, दुग्धनाथ बचत तथा ऋण सहकारी संस्था लि.सल्यानटनर–१, जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. नीलकण्ठ–३, समर्पण बचत तथा ऋण सहकारी संस्था लि. कटुन्जे–८, देवीदेउराली फलफुल तथा तरकारी उत्पादक सहकारीसंस्था लि.छत्रेदेउराली–८, नवज्योती फलफुल तथा तरकारी उत्पादक सहकारीसंस्था लि. नौबिसे–१, बुढाथुम ग्रामिण विद्मुत सहकारी संस्था लि. बुढाथुम–३, छन् ।

नियमानुसार काम नगरेको, निष्क्रिय रहेको, लेखा परीक्षण, साधारणसभा नगरेको मासिक प्रगति नबुझाएको संस्थालाई सहकारी ऐन २०४८ को दफा ४१ वमोजिम दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ ।

२०७४ साउन १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: