

१६ साउन, धादिङ –
इंग्ल्याण्ड युरोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेक छ ।
आइतबार राति भएको खेलमा फ्रान्सलाई १–० ले हराउँदै इंग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको हो । इंग्ल्याण्डको जितमा जोडी टेलरले ६० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । इंग्ल्याण्डले अब फाइनल प्रवेशका लागि आयोजक नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्ने छ ।
राति नै भएको अर्को खेलमा स्पेनलाई टाइब्रेकरमा ५–३ ले हराउँदै अस्ट्रियाले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ । निर्धारित र थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।
त्यसअघि भएको खेलमा डेनमार्कले जर्मनीलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो । यो हारसँगै सातौं पटक उपाधि जित्ने जर्मनीको सपना टुटेको छ । फाइनल प्रवेशका लागि अब डेनमार्क र अस्ट्रियाबिच प्रतिस्पर्धा हुनेछ ।
२०७४ साउन १६ गते प्रकाशित