Tue. Mar 4th, 2025

घाम अस्ताएपछि बिस्कुन सुकाउनेहरु

तिलक घिमिरे ‘निर्मल’ –

 

स्थानीय तहको निर्वाचन हालै सम्पन्न भएता पनि प्रदेश नं. २ को मधेसी बाहुल्य क्षेत्रको निर्वाचन हुन बाँकी भएको अवस्थामा मधेशवादी राजपा निर्वाचनमा जाने कि नजाने अन्यौल अवस्थामा छन् । मधेसतिर उनीहरु यसको तयारी गर्ने कि बहिस्कार मै रहने भन्ने द्विविधाको अवस्थामा छन् भने अर्कातिर नेपालका प्रमुख दलहरु हार जितको समिक्षामा लागेका छन् । आफुले उठाएका उम्मेदवारहरु किन हारे, जनताले हामीलाई किन भोट दिएनन्, के गल्तिको कारण जनताले पत्याएनन् भन्ने प्रश्नको उत्तर खोज्नुको सट्टा हाम्रा राजनैतिक पार्टीहरु खाली अन्तरघातको कारण चुनावमा आशातित् नतिजा नआएको भनि हलुका समिक्षा गर्दै आफ्नो गल्ती नभएको जसरी अरुतिर चोर औला तेस्र्याइरहेका छन् ।

यहा नतिजालाई हलुका समिक्षा गरेको देख्दा लाग्छ कि त उनीहरु यसको जिम्मेवार आफु लिन तयार छैनन् कि नेतृत्वको आलोचना गर्न डराईरहेका हुन् कि त समिक्षा गर्न सक्ने वौद्धिक जमातको अभाव छ । आफु नाच्न नजान्ने बरु आँगन नै टेढो भएका जस्ता बेतुकको प्रसंग उजागर गरेको देख्दा हामी सर्वसाधारण अचम्मित भएका छौं । सबैभन्दा बढी सिट जित्ने एमालेले पनि अन्तरघातको कारण नै आफुहरुले भनेजति भोट नआएको हो भनेर फुर्ति मिश्रित समिक्षा गरेको छ ।

निर्वाचनको मुखमा आएर जनताको नजरमा अपाच्य निर्णय गरेको केही समय अघि सम्म संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पहिलोबाट दोश्रोमा झर्न पुगेको हो भने माओवादी केन्द्र सम्मानजनक तेश्रोबाट लज्जास्पद तेश्रो भएर सर्मनाक स्थितिमा पुगेको छ । कुनै समयको माओवादी त शहरी एरियाबाट लगभग बढारिनै लागेको अवस्थामा अन्य स्थानमा समेत सोचे जति मन नआउनुले माओवादी केन्द्र अब उधोगति तिर लाग्न लागेको संकेत मिलेको छ । उता हिन्दुत्व नारा बोकी बोकेर अगाडि आएको कमल थापा नेतृत्वको राप्रपा नेपाल झन् दर्दनाक स्थितिमा पुगेको छ । राप्रपाले हारको समिक्षामा यावत अलमल्याउने विषयबस्तुको बखान गरे तापनि हारको मूख्य कारण पार्टी अध्यक्षको सत्तालिप्सा र ढुलमुले चरित्रलाई खुलेर आलोचना गर्न सकिरहेको छैन तर हामी सर्वसाधरण आँखामा भने त्यहि नै प्रमुख कारण हो जसले जनताको नजरमा पर्न सकेन ।

उता कांगे्रसको सत्ता–प्रतिपक्ष समूह (रामचन्द्र पौडेल समूह) ले निर्वाचनको मुखमा आएर शेर बहादुर देउबाले आई.जि.पी. काण्ड, प्रधानन्यायधिस माथि लगाईएको महाभियोग काण्ड, राजदुत प्रकरण, फितलो राजनीतिक संगठन र अदुरदर्शी नेतृत्वले गर्दा मतदातामा नकारात्मक असरले पार्टी संसदको सबैभन्दा ठूलो दल नेपाली कांगे्रस हारको सजाय भोग्नु परेको हो । संसदको पहिलो दल र तेश्रो दलका प्रमुखहरुले आलोपालो सत्तामा बिराजमान भई सत्ताको कुर्सीमा बसेपछि अब जे गर्दा पनि हुन्छ भन्ने मनस्थितिले जग गाढेको, सत्तामा रहदा कमरेड प्रचण्डलाई सर्वसाधारण तथा कार्यकर्ताले सम्पर्क गर्न नसकिएको अर्थात राजा प्रवृत्ति देखा परेकोले पनि सारा जनतामा चिढ्चिढाहट भएको हुनसक्छ ।

नेपाली कांग्रेसलाई मजबुत बनाउन जसरी शेर बहादुर देउबाले जसरी महत्वपूर्ण भुमिका निर्वाह गरे त्यसैगरी पहिलोबाट दोश्रो दलमा पुग्नलाई पनि उनको महत्वपूर्ण भुमिका रहेको हुनुपर्छ । यसको आत्मालोचना गरिनुपर्छ र नैतिक जिम्मेवारी लिईनुपर्छ । कांग्रेस यतिबेला आफुलाई सुधार्न सकेन भने आगामी प्रतिनिधी सभा चुनाबमा एमालेको सरकार बन्ने सम्भावना छ । उता माओवादी केन्द्रले आफुहरु जनताबाट नभई आफ्नै कार्यकर्ता र कमजोर संगठनको कारणले मात्र हारेको भन्ने निश्कर्ष मात्र निकाल्यो भने उसको लागि यस समिक्षा अत्यन्तै महंगो सावित हुनेछ । माओवादी केन्द्र, जो आफुलाई सर्बहारा वर्गको नेतृत्व भनि टोपल्छ, उसैले अपनाई रहेको सुविधाभोगी जीवन, हाँच्छ्यु आउदा पनि विदेशको अस्पताल, कार्यकर्ता र सर्वसाधारण जनताहरुको पहुँचबाट टाढा रहदै आयो भने उसको अवस्था पनि एकता केन्द्र मशालको जस्तो हुन बेर छैन ।

कम्युनिष्ट सिद्धान्त अंगिकार गरी माओको सच्चा अनुयायी मान्ने उनीहरुले हिजोको दिनमा पानी बराबरको सम्बन्ध भई वर्ग शत्रु किटान गरी टाउकाको मूल्य तोक्ने नेपाली कांगे्रससंग गठबन्धन गर्ने, वर्गीय मुद्दा छोडेर जातीय राजनीति गर्ने, बहुविवाह गर्ने छोरोलाई स्वकीय सचिब र छोरीलाई महानगर जस्तो ठाउँमा मेयरको उम्मेदवार बनाई परिवारवाद लाद्ने जस्ता अनेक कारणले गर्दा माओवादी केन्द्रको यसपाली लज्जास्पद हार भएको हुनसक्छ र अर्को सैद्धान्तिक बिचलन पनि हारको कारण हुन सक्छ । उता राप्रपा कहिले संविधान संसोधनको केही बुँदा राष्ट्रहीत विपरित भएकोले संसोधन गर्न नमान्ने भन्दै कुर्लने त कहिले “हुन्छ हुन्छ” भनेर दोधारे कुरा गर्दा जनताबाट टाढिन पुगेको हो भने उपेन्द्र यादव र विजय कुमार गच्छदारको पार्टीले पनि आशातित् भोट ल्याउन नसक्नुमा जातीय नीतिलाई छोड्न नसक्नु पनि एक प्रमुख कारक हो ।

माओवादीलाई टक्कर दिन खडा भएको बाबुराम भट्टराईको पार्टीले पनि जनताको नजरमा स्थान बनाउन सकेन उता एमालेले आफ्नो सोचेभन्दा धेरै स्थानमा जित दर्ता नगरेपनि अध्यक्ष ओलीले अरु पार्टीले त्यत्रो भोट कसरी ल्याएको होला भनेर मजाक मिश्रित आश्चर्यता प्रकट गर्दा हारको घाउमा नुन चुक छर्किएको अनुभुति अन्य दलहरुले गरिरहेका होलान् । शिक्षित ठाउँका वैद्धिक वर्गले भने कांग्रेसलाई राम्रै थप्पड दिएका छन् यसपाली । शहर बजारमा रहेका कांग्रेसको पुख्र्यौली ब्यालेटलाई अन्य पार्टीहरुले तानिदिएका छुन् । उदाउदो साझा पार्टी र विवेकशील राजधानीबाट पराजित भए पनि जनताको नजरमा विजयी भएका छन् । २१ वर्षीय ठिटीले कडा राजनीतिक टक्कर दिदा पार्टी नेतृत्वले हिजोको नानीमैया दाहालको उदय भएको घटनालाई बिर्सनु हुन्न ।

परम्पराबादी दल प्रतिको वितृष्णाको कारण पनि हुनसक्छ, शहर बजारका वौद्धिक जमात कांग्रेससंग सम्बन्ध कट्टी गर्न चाहेका । यस नतिजालाई हलुका समिक्षा गरेको देख्दा लाग्छ कि त उनीहरु यसको जिम्मेवार आफु लिन तयार छैनन् कि नेतृत्वको आलोचना गर्न डराईरहेका हुन् कि त समिक्षा गर्न सक्ने वौद्धिक जमातको अभाव छ । आफु नाच्न नजान्ने बरु आँगन नै टेढो भएका जस्ता बेतुकको प्रसंग उजागर गरेको देख्दा हामी सर्वसाधारण अचम्मित भएका छौं । कसैले मौसम नमिलेर हारेको कसैले भने जस्तो चुनाव चिन्ह नपाएकोले, कसैले आफ्नैबाट अन्तरघात त कसैले अरुले जनतालाई पैसा दिएकोले आफुले हारेको जस्ता इलजिकल कुरा सुन्दा हाँसो उठ्छ । यत्रो कुरा मन्थन गर्न जान्ने पार्टी नेतृत्वले किन हामी जनताको मनमा बस्न सकेनछौं ? भनेर मनन् गर्न नसकेका होलान । जनता ५० को दशकमा जस्ता छैनन् । धेरै सचेत भईसकेका छन् पहिला भन्दा । के सही के गलत छुट्याउन जनतालाई अब अरुको साहारा चाहिन्न । यथास्थितिवाद र नश्लवादले अब जनताको मनमा डेरा जमाउन किमार्थ सम्भव छैन ।

यदि आउदो निर्वाचनमा जनताको मन चाहिने हो भने सर्वसाधारणको मनमा हुने वा अनुभुति हुने गरी विकासको काम व्यवहारमा गरिनुपर्दछ । खाली म्यानोफ्यास्ट्रोमा जनता अलमल्याउने र बुझ्न पनि समस्या हुने खालको अनगिन्ती भाषाले अब हुनेवाला केही छैन । जनताले यो बुझिसकेका छन् कि हरेक भाषाका लिपीमा दश हजार भन्दा बढी शब्दहरु काम नलाग्ने वा नचाहिदो खालका हुन्छन् र ती सब घोषणा पत्र बनाउने बेलामा काम लाग्ने रहेछ भन्ने कुरा । कसैले मौसम नमिलेर हारेको कसैले भने जस्तो चुनाव चिन्ह नपाएकोले, कसैले आफ्नैबाट अन्तरघात त कसैले अरुले जनतालाई पैसा दिएकोले आफुले हारेको जस्ता इलजिकल कुरा सुन्दा हाँसो उठ्छ । यत्रो कुरा मन्थन गर्न जान्ने पार्टी नेतृत्वले किन हामी जनताको मनमा बस्न सकेनछौं ? भनेर मनन् गर्न नसकेका होलान । जनता ५० को दशकमा जस्ता छैनन् । धेरै सचेत भईसकेका छन् पहिला भन्दा ।

के सही के गलत छुट्याउन जनतालाई अब अरुको साहारा चाहिन्न । यथास्थितिवाद र नश्लवादले अब जनताको मनमा डेरा जमाउन किमार्थ सम्भव छैन । यदि आउदो निर्वाचनमा जनताको मन चाहिने हो भने सर्वसाधारणको मनमा हुने वा अनुभुति हुने गरी विकासको काम व्यवहारमा गरिनुपर्दछ । खाली म्यानोफ्यास्ट्रोमा जनता अलमल्याउने र बुझ्न पनि समस्या हुने खालको अनगिन्ती भाषाले अब हुनेवाला केही छैन । जनताले यो बुझिसकेका छन् कि हरेक भाषाका लिपीमा दश हजार भन्दा बढी शब्दहरु काम नलाग्ने वा नचाहिदो खालका हुन्छन् र ती सब घोषणा पत्र बनाउने बेलामा काम लाग्ने रहेछ भन्ने कुरा । मेरो बुझाइमा ब्यालेट दुई प्रकारको हुन्छ ।

एक पुस्तान्तरण र अर्को वौद्धिक । पुस्तान्तरण भन्नाले रविन्द्र मिश्रले बताए झै घण्टौ मेनु हेर्ने तर लाष्टमा मःमः, चाउमिन नै अर्डर गर्ने परिपाटी हो भने वौद्धिक वर्गले चाही दलको म्यानोफ्यास्ट्रोलाई मनन गरी उपयुक्त पात्र छनौट गर्दछ । यस वास्तविकतालाई मनन् गर्न सकेनन् भने भनाउदा दलले अबको दिनमा ठूलो मूल्य चुकाउनु पर्नेछ । जनताको नजरमा आफु कुन स्थानमा छु भनि सबैले मनन् गर्नुपर्दछ र आ–आफ्नो गल्तीलाई सबैले मम भनि सच्चिनु शिवाय अन्य उपाय कसैसंग पनि नरहने हुँदा यसलाई बेलैमा हृदयंगम गर्नु नै सबैमा श्रेयस्कर हुन जान्छ किनकी एक माघले मात्र जाडो जादैन तसर्थ अर्काे माघको तयारी गर्न सबैले न्याना सरदमको जोहो गर्न सकेन भने त्यसको परिणाम आफैले भोग्नु पर्ने हुन्छ । जनताको मनमा बस्ने उपायको खोजी रियलाइज गरी बेलैमा गर्नु पर्ने हुन्छ अन्यथा घाम अस्ताए पछि बिस्कुन सुकाउनुको कुनै तुक रहन्न । सबैलाई चेतना भया ।

२०७४ साउन १४ गते प्रकाशित

About The Author