Fri. Jan 31st, 2025

बुढीगण्डकी परियोजनाले समयमा काम गर्न नसके सम्झौता रद्द हुने

 

१२ साउन, काठमाडौं–

 

नवनियुक्त उर्जामन्त्री महेन्द्रबहादुर शाहीले बुढीगण्डकी जलविद्युत परियोजनाले सन्तोषजनक र समयमै काम गर्न नसके सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् । मुआब्जाको समस्या छिट्टै हल गर्ने उनले बताए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री शाहीले भने, ‘सम्झौता भए अनुसार समय सिमाभित्रै काम गर्न सकेन भने हामी सम्झौता तत्काल खारेज गर्छौं ।’ मुआब्जाका लागि करिब ६० अर्ब चाहिन्छ । १६ अर्ब मुआब्जा रकम निकासा भइसकेको छ भने अहिले १० अर्ब निकासाको तयारीमा रहेको मन्त्री शाहीले बताए ।

मन्त्री शाहीले झोलामा खोला बोकेर हिँड्ने तर, काम नगर्ने दलालीहरुलाई समेत कारबाही गर्ने चेतावनी दिए । विद्युत भनेको नै आर्थिक क्षेत्रमा कायापलट गर्ने क्षेत्र भएकोले यसको विकासमा आफूले विशेष जोड दिने उनको योजना रहेको छ ।

 

२०७४ साउन १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: