Thu. Mar 6th, 2025

नेइमारको ठाउँमा मेस्सीको पहिलो रोजाइ

 

 

८ साउन, धादिङ–

बार्सिलोनाका फरवार्ड नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन  पिएसजी जाने खबर आइरहेका बेला लियोनल मेस्सीले नेइमारको ठाउँमा ल्याउनु पर्ने खेलाडीको सूचि क्लबलाई पेश गरेका छन् ।मेस्सीले नेइमारको ठाउँ लिनका लागि भित्र्याउनु पर्ने खेलाडीको सूचि बुझाएको डन बालोनले जनाएको छ । मेस्सीले बुझाएको सूचिको पहिलो प्राथमिकतामा पाउलो डिबाला रहेका छन् ।

इटालियन क्लब युभेन्टसका डिबालालाई ल्याउन नसकेमा (पिएसजीका) एन्जल डी मारिया वा बोरुसिया डर्टमुण्डका उस्मान डेम्बाललाई अनुबन्ध गर्नु पर्ने मेस्सीको मत रहेको दाबी गरिएको छ । पिएसजीले नेइमारलाई विश्व कीर्तिमानी मुल्य १९ करोड ६० पाउण्डमा क्लब भित्र्याउने तयारी गरेको छ ।

 

२०७४ साउन ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: