Fri. Feb 28th, 2025

‘टुरिज्म म्यान अफ दि इयर–२०१७’ को अवार्ड पर्यटन व्यवसायी कमल सापकोटालाई

५ साउन,  धादिङ –

पर्यटन व्यवसायी कमल सापकोटार्ले ‘टुरिज्म म्यान अफ दि इयर–२०१७’ को अवार्ड पाएका छन् ।

गन्तव्य नेपालको १३औँ वार्षिकोत्सवको अवसर पारेर विहिबार अवार्ड प्रदान गरिएको हो । नेपाल सरकारका गृह मन्त्री जनार्दन शर्मा (प्रभाकर) ले काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच उक्त अवार्ड प्रदान गरेका हुन् । धादिङको नीलकण्ठ नगरपालिका स्थित ज्यामरुङ निवासी कमल सापकोटाले पर्यटन प्रवद्र्धनका लागि विविध कार्यहरु संचालन गर्दै आइरहेका छन् ।

गन्तव्य नेपालले हरेक वर्ष प्रदान गर्दै आएको ‘गन्तव्य नेपाल पत्रकारिता–पुरस्कार’ पर्यटन प्रवद्र्धनमा योगदान गरेबापत यस वर्ष ‘राष्ट्रिय समाचार समिति’(रासस) का कार्यकारी सम्पादक कृष्ण अधिकारी र ‘जनसवाल’ दैनिकका प्रधानसम्पादक रामजी बगालेलाई रु १० हजारसहित प्रदान गरिएको छ ।

कार्यक्रममा पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विभिन्न पर्यटन व्यवसायीलाई समेत सम्मान गरिएको थियो । गन्तव्य नेपालले पछिल्लो समय गन्तव्य ग्रुपमार्फत साप्ताहिक पत्रिका र ‘गन्तव्य नेपाल डटकम’ अनलाइनमार्फत पर्यटन पत्रकारितामा योगदान गर्दै आएको अध्यक्ष शिव अधिकारीले बताए ।

कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले प्रमुख पर्यटकीय क्षेत्र ठमेल र पोखरालाई २४सै घण्टा खुलाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताए । गन्तव्य नेपालको १३औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले भने “मैले ठमेल र लेकसाइडलाई २४सै घण्टा खुलाउने निर्णय गरिसकेको हुनाले व्यवसायीलाई पहल कदमी लिएर अगाडि बढ्न आग्रह गर्छु, आवश्यक सुरक्षा गर्न सम्बन्धित प्रशासनले मिलाउने व्यवस्था भइसकेको छ ।”

२०७४ साउन ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: