Fri. Feb 28th, 2025

४ करोड १५ लाखको कृषि सामग्री वितरण

३० असार, भक्तपुर –

जिल्ला कृषि विकास कार्यालय भक्तपुरले जिल्लाका कृषकलाई ४ करोड १५ लाख बराबरका कृषि सामग्री वितरण गरेको छ ।

राष्ट्रिय पुर्ननिर्माण कोषको २ करोड ९ लाख र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगतको २ करोड ६ लाख बराबरको कृषि सामग्री कृषकलाई हस्तान्तरण गरेको हो । कार्यालयले पुनर्निमाण कोष मार्फत जिल्लाका १ सय ६० कृषक, कृषि समूह र कृषि सहकारीलाई सामग्री हस्तान्तरण गरेको कार्यालय प्रमुख पूर्ण ढुंगानाले जानकारी दिए ।

आधुनिक कृषि तथा व्यवसायिक कृषि प्रणालीको विकास गर्ने उद्देश्यले मिनि टिलर १ सय ३ थान, मकै छोडाउने बिद्युतिय मेसिन १ सय २१ थान, धान, गहुँ झार्ने थे्रसर ९४ थान, डिप इरिगेशन ढग्रभिटी विथ टेंक ६४ थान, रेन वाटर हारभेष्टिन प्लाष्टिक पोखरी ६० वटा र हर्मेटिक भण्डारण व्याग १७ सय ४२ वटा प्रदान गरिएको कार्यालयले जनाएको छ । प्रदान गरिएका कृषि सामग्रीहरु सरकारले ९० प्रतिशत अनुदानमा प्रदान गरिएको हो ।

कार्यालयले प्रधानमन्त्री आधुनिकिकरण कृषि परियोजना अन्र्तगत २ वटा कृषि उत्पादन व्लकलाई १–१ वटा कृषि प्रयोजनका लागि टाटा गाडी प्रदान गरेको छ । जिल्लामा धान खेतीका ३० वटा पकेट क्षेत्र रहेका छन् ।

२०७४ असार ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: