
२१ असार, धादिङ–
अक्सफाम र फोकस नेपालको साझेदारीमा साविकको बेनिघाट गाविसमा संचालित खानेपानी आयोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न गरिएको छ । भुकम्पपछि सृजना भएको खानेपानीको समस्या समाधान गरि स्थानीय नागरिकको जिविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले अक्सफाम र फोकस नेपाल धादिङले बेनिघाटको वडा नम्वर २ मा कात्राक खानेपानी आयोजना र वडा नम्वर ७ मा माइटार खानेपानी आयोजना गरि २ वटा खानेपानी आयोजना संचालन गरेको थियो ।
आयोजनाअन्तर्गत संस्थाले पानीको मुहान भएको ठाउमा ट्याङ्की निर्माण गरि प्रत्येक टोलमा धारा निर्माण गरिदिएका छन । गाउमा पानीको सुविधा भएपछि अहिले गाउबासीमा खुशीयाली छाएको रामशरण वराम ले बताए । पहिले पिउनको लागि पनि धौधौं पथ्र्यो अहिले घरआँगनमै पानी भएपछि खानपिउनलगायत पशुपालन, तरकारी खतिमा समेत सहयोग मिलेको स्थानीय विष्णु बरामले बताए ।
खानेपानी आयोजना अन्तर्गत निर्माण भएका प्रत्येक धारामा १÷ १ वटा हजारी वितरण गरिएको छ ।सम्पन्न लेखा परिक्षण कार्यक्रम मार्फत आयोजना निर्माणका क्रममा लागेको खर्च विवरण पनि जानरकारी गराइएको थियो ।
७९ प्रतिशत सस्थागत लागत अन्तर्गत ८ लाख ८ हजार ८ सय २१ र २१ प्रतिशत उपभोत्ता लागत अन्तर्गत १ लाख ६९ हजार ८ सय ५२ को बास्तविक लागतमा आयोजना सम्पन्न भएको हो । लेखापरिक्षणको सहजिकरण रेडियो धादिङका कार्यक्रम संयोजक अर्जुन श्रेष्ठले गरेका थिए ।
२०७४ असार २१ गते प्रकाशित