
१८ असार, धादिङ –
खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो ।
निगमले तीनवटै पेट्रोलियम पदार्थमा २र२ रूपैयाँ घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९८ रुपैयाँमा पाइनेछ ।
यसअघि १०० रुपैयाँ प्रतिलिटरको पेट्रोलका २ रुपैयाँ मूल्य घटाइएको आयल निगमले जानकारी दिएको छ ।
यस्तै डिजेल र मट्टितेल लिटरमा २र२ रुपैयाँ सस्तो भएर प्रतिलिटर ७४ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टितेल प्रतिलिटर ७६ रुपैयाँमा पाइन्थ्यो ।
खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि घटाइएको छ । अब ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ भएको छ ।
२०७४ असार १८ गते प्रकाशित