
देवीप्रसाद अधिकारी-
लामो प्रतिक्षा पछि निलकण्ठ नगरबासीले अधिकतम रुचाएको व्यक्तिको नेतृत्वमा नगर समिती बनेको छ । सैद्धान्तिक रुपमा हेर्ने हो भने पनि उहाँकै पार्टीको बर्चश्व रहेको छ । संख्यात्मक रुपमा टिकाउन सके अबको पाँच वर्षसम्म स्थाई सरकारको हैसियतमा काम गर्ने ठुलो अवसर प्राप्त भएको छ । यस्तो परिस्थितिमा नगरबासी एउटा सचेत नागरिकको अपेक्षा ह्वात्तै बढ्नु अस्वभाविक हुँदैन । उसले आफ्नो सपनाको नगरको कल्पना गर्छ र उक्त सपना बाँड्नु उसको नागरिक दायित्व हो । जन–प्रतिनिधिबाट अपेक्षा मात्र गर्नु आवश्यक खुराकहरु प्रदान नगर्नुले नै हाम्रो परिवेशमा विकास आकाशको फल जस्तै भएको छ ।
विकास र संमृद्धि हाम्रै पालामा संभव छ भन्ने दृष्टिकोण राख्ने व्इक्तिले मात्र आफ्नो पुस्ताको लागि वा तत्कालको लागी सोच पु¥याऊन सक्दछ । म पनि त्यहि सोचबाट प्रभावित व्यक्ति हुँ । तीन दर्जन वर्षहरु यसै नगरमा पार गरेको एउटा सचेत नागरिकले कल्पनाको नगरको केहि फेहरिस्त अक्षरहरुमा उतार्न चाहन्छु ।
सभ्यताविना दिगो विकास संभव छैन । कसैले जवरजस्ती गरिदिएको विकास नागरिकमा चेतना छैन भने त्यसको समुचित उपयोग हुन सक्दैन । त्यसैले सर्वप्रथम नागरिकको पहुँच अनिवार्य छ । म चाहन्छु नगरवासीले शिक्षाको महत्व बुझुन् र आफ्ना सन्ततीलाई गुणत्मक शिक्षा दिनुपर्छ भनेर लागि परुन् । जस्को लागि नगरपालिकाले हरेक वडामा संचालित विद्यालयहरुको स्तर उन्नतीको लागि ठोस परियोजना ल्याओस् । चौधवटा वडामा भएका स्कुलहरु कुन बढि राम्रो हो खुट्याउन गाह्रो परोस् । एक वडाको बालबच्चा अर्को वडामा राम्रो विद्यालय छ हाम्रोमा भन्दा भनेर वडा छोडेर जान नपरोस् ।
स्वास्थ्य नागरिक सभ्यताको अर्को पहिचान हो । मानिस अश्वस्थ वा रोगी हुने थोरै कारणहरु छन् । पोषणयुक्त आहारविहारको कमी, अत्याधिक कामको बोझ र अनियन्त्रित आहार नै मानिस रोगी हुने प्रमुख कारणहरु हुन् । त्यसको न्युनिकरण सम्भव नागरिकको स्वास्थ्य उपचार संगै सचेतना अभिवृद्धिको लागि एकीकृत स्वास्थ्य विमा देखि जनचेतना अभिवृद्धि मार्फत हरेक नागरिक स्वास्थ्यको मामलामा सचेत बनुन् । म चाहन्छु उपचार गर्न नपाएर वा खर्च नभएर नागरिकले रोग पालेर बस्न नपरोस् । कम्तिमा पनि सवैको स्वास्थ्य विमा योजना तत्काल लागू होस् ।
विकासको अर्को महत्वपुर्ण सूचक रोजगारी हो । कर्मशील युवाहरुलाई जव रोजगारीको अवसर प्राप्त हुँदैन तव समाजमो विकृती फैलन्छ । विकृत समाजमा गर्न खोज्नेले पनि सफलता प्राप्त गर्न कठिन हुन्छ । समाजको समग्र आचरण स्वच्छ बनाउनका लागि नगरका हरेक उर्जावान नागरिक कुनै न कुनै काममा व्यस्त हुनुपर्दछ । एकैपटक सबैलाई रोजगारीको सृजना गर्न कठिन हुन्छ हाम्रो जस्तो स्रोत साधनको सिमितता भएको क्षेत्रमा यो काम अशम्भव जस्तो लागछ तर पनि स्वरोजगारको विभिन्न योजनाहरु मार्फत तमाम युवाहरुलाई व्यस्त बनाउन सकिन्छ ।
राजधानिको सन्निकट रहेकाले उत्पादित वस्तुलाई बजारीकरण गर्न सहज छ । हरेक युवालाई उत्पादन संग जोड्न सक्नु नै सभ्य र सौभ्य समाजको चरित्र हो त्यसैले म देख्न चाहन्छु हरेक कर्मशिल युवाहरु होटेल, रेष्टुरेन्ट, खुल्ला चउर, खोलाकिनार, वनमा हैन आ–आफ्नो रोजगारीमा, स्वरोजगारमुलक व्यवसायमा संलग्न होउन् । युवाहरुको भीड होटल, रेष्टुरेन्ट, पार्क सिनेमा हलमा हलमा हप्तान्तमा मात्र देख्न पाइयोस् । हप्ताको ६ दिन मान्छुहरुलाई भेट्ने मौका कमै होला ।
शिक्षा, स्वास्थ्य र रोजगारीको अलावा समाजले गर्न सक्ने प्रसस्त क्षेत्रहरु द्धन् । तीनको पहिचान हुनुपर्दछ । हरेक ठाउँ, भुगोल, संस्कृतिको आ–आफ्नै विशेषता हुन्छन् । ती विशेषताहरु नै पर्यटनको आधार बन्न सक्दछन् । हाम्रो नगरमा अहिले सबैभन्दा खड्केको विषय पर्यटन हो । कुनै पनि व्यक्तिले तेरो ठाउँको विशेषता के छ ? एक दुई दीन घुम्ने ठाऊँ कहाँ छ भन्यो भने नगरबासीको सबैभन्दा लज्जाको विषय बन्न पुग्दछ । यहाा अहिले सम्म एउटा मठ, मन्दीर, गुम्बा, चैत्य अन्य भन्दा फरक शैलीले निर्माण यो संरक्षण गरेका छैनौं । अब कम्तिमा पनि चौध वडाभित्र हरेक वडामा एक उक वटा पहिचानयुक्त धार्मिक, समाजीक, साँस्कृतिक वा भौगोलीक पहिचान बोकेको पर्यटकीय स्पट (स्थल) बनोस् । त्यसको लागि गुरु योजना तयार गरी तत्काल कार्यन्वयन होला । जस्को कारणले नगरमा आर्थिक गतिविधीमा पनि टेवा पुगोस् ।
पाँचवर्ष पछि राजनिति गर्नेको एजेण्डामा खानेपानी, शौचालय, विजुली, स्वच्छ सफा सहर भन्ने शब्दावली नपरोस् । यी न्युनतम आवश्यकताहरु कम्तीमा पनि एक आर्थिक वर्षभित्र पुरा हास् । कृषिमा उनत्रीकरण र सिंचाईको पक्ष गम्भीर ढङ्गले सोच्नुपर्ने हुन्छ । कम्तिमा पनि आफ्नै उत्पादनमा पेट भर्न पाउने वातावरण अवको तीन वर्षभित्र तयार होला । अफ्ठेरो खाली जमिनको अधिकतम उपयोगले स्वरोजगार र उत्पादनमुलक नागरिक परिचालनको अभ्यास बढाऊँदछ ।
सबैभन्दा चुनौतीपूर्ण र आवश्यक काम भनेको सडकको स्तर उन्नती र कालोपत्रे हो । लगभग नगरका मुख्य नाका जोड्ने काम तिनवटा मुख्य सडकले गरिरहेका छन् । हाल काम द्रुत गतीमा भइरहेका छन् । तीनको अलावा कम्तिमा हरेक वडा जोड्ने एउटा सडक बाह्रै महिना चल्ने होस् ।
गुणस्तर र दिगो विकासको लागि निरन्तर अनुसन्धान, अध्ययन र परिक्षण जरुरी छ जस्को लागि नगरका हरेक वडामा सम्भव भएसम्म टोलटोलमा पुस्तकालय, वाचनालय र सूचनाकेन्द्र आवश्यक छ । हरेक बालबालिकालाई विद्यालय तहदेखी नै अनुसन्धानमुलक कार्यक्रमा लगाउन सके शिक्षामा भएको लगानीको समूचित उपयोग भएको ठहर्छ । पठीत र सृजनाकर्मिहरुको लागि नगरपालिकाले एउटै छुट्टै पुस्तकालय, वाचनालय र अनुसन्धानकेन्द्रको स्थापना गर्नु अपरिहार्य छ । हाल भएको स्रोत साधनलाई परिचालन गर्न सकेमात्र यो कुरा सहजै गर्न सम्भव छ । यो तत्काल गर्न सकिन्छ । यी मूलभूत पक्षहरुमा नवनिर्वाचित नगर समितीले ध्यान देआस् । अनि मात्र सपनाको नगर एकदिन पक्कै साकार हुनेछ ।
२०७४ असार १४ गते प्रकाशित