Thu. Mar 6th, 2025

फिफा कनफेडेरेशन कपः अष्ट्रेलिया–क्यामरुन र चिली–जर्मनी बराबरी

९ असार –

फिफा कनफेडेरेशन कप फुटबलमा अस्ट्रेलिया र क्यामरुनबिचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । खेलमा पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै क्यामरुनले अग्रता लिए पनि अष्ट्रेलियाले ६० औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएको हो ।

समूह ‘बि’ मा नै चिली र जर्मनीबिच भएको खेल पनि बराबरीमा सकिएको छ । सुरुवाति अग्रता लिए पनि चिलीले त्यसलाई जोगाउन सकेन । छैटौ मिनेटमै गोल खाँदै पछि परेको जर्मनीले ४१ औँ मिनेटमा गोल फर्काएर खेल बराबरी गरेको हो ।

समूह ‘बि’ मा ४ अंकसहित चिलि शीर्ष स्थानमा छ । समान ४ अंक नै रहेको जर्मनी दोस्रोमा एक एक अंक रहेको अष्ट्रेलिया तेस्रोमा र क्यामरुन चौथोमा छन ।
२०७४ असार ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: