Thu. Mar 6th, 2025

विराट कोहलीसँगको मतभेदका कारण मुख्य प्रशिक्षकले दिए राजीनामा

७ असार–

भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक अनिल कुम्बलेले राजीनामा दिएका छन । एक वर्षअघि भारतीय टिमको जिम्मेवारी सम्हालेका कुम्बलेले कप्तान विराट कोहलीसँगको मतभेदका कारण पदबाट राजीनामा दिएका हुन ।
कुम्बलेले ट्वीटरमा आफ्नो बयान जारी गर्दै कप्तान कोहलीसँगको मतभेद नै राजीनामाको कारण स्वीकार गरेका हुन । आफ्नो स्टाइलमा कप्तान कोहलीको आपत्ति रहेको जानकारी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बिसिसिआई० को तर्फबाट थाहा पाएको कुम्बलेले बयानमा उल्लेख गरेका छन ।
बिसिसिआईले आफू र कप्तान कोहलीबिच रहेको मतभेद हटाउने प्रयास गरेको तर समझदारी बने पनि त्यो स्थिर हुने नदेखिएकाले आफूले राजीनामा दिएको उनको भनाई छ । कुम्बलेले आफ्नो प्रशिक्षणको एक वर्षको अवधीमा भारतीय टिमले पाएको उपलब्धीको श्रेय कप्तान, पूरै टिम, कोचिङ तथा स्पोर्ट स्टाफलाई जाने बताएका छन् ।

बेलायतमा भएको च्याम्पियन्स ट्रफी क्रिकेटअघि कोहलीले कुम्बलेसँगको असमझदारीको कुरा अस्वीकार गरेका थिए । भारत गएको आइतबार भएको च्याम्पियन्स ट्रफीको फाइनलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानसँग १८० रनले पराजित भएको थियो ।
२०७४ असार ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: