Thu. Mar 6th, 2025

रोनाल्डोले पैसाका लागि रियल मड्रिड छोड्दैनन्

६ असार –

रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्रिष्टियानो रोनाडोसँग उनको भविष्यका बारेमा कुरा नगरेको बताएका छन । रोनाल्डोले रियल छोड्न चाहेको खबर आइरहेका बेला क्लबका अध्यक्ष पेरेजले यस विषयमा रोनाल्डोसँग कुरा नगरेको तर कनफेडेरेशन कपपछि कुरा गर्ने बताएका हुन
। रोनाल्डो अहिले पोर्चुगलको नेतृत्व गर्दै कनफेडेरेशन कपका लागि रुसमा छन ।

कर छलीको आरोप र त्यसबाट रोनाल्डो निशास भएको तथा रियल छोड्न चाहेको खबर गएको शुक्रबारदेखि आएको छ । अध्यक्ष पेरेजले स्पेनिस रेडियो अनडा सेरोसँग भने ‘पक्कै पनि रोनाल्डोलाई केही असर परेको छ, उनको विश्वसनीयतामा पनि असर परेको छ । उनले हामीलाई वास्तविकता के हो भन्ने आशा छ र हामी त्यसपछि समाधान खोज्ने छौं ।’ रोनाल्डो अहिले महत्वपूर्ण प्रतियोगितामा रहेको र आफूले पोर्चुगिज टिमलाई डिस्टर्ब गर्न नचाहेको पेरेजले बताए ।
रोनाल्डो जहिले पनि विश्वको उत्कृष्ट खेलाडी बन्न चाहने र यदी उनले रियल छोड्न चाहेको भए त्यो पैसाका लागि भने नरहेको पेरेजको भनाई छ । अहिलेसम्म कुनै क्लबबाट अफर भने नआएको उनले बताए । रोनाल्डोलाई ८ वर्षअघि त्यति बेला कीर्तिमानी मूल्यमा पेरेजले नै म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड ल्याएका हुन । स्पेनिस अधिकारीले कर छलीको आरोप लगाएपछि उदास रोनाल्डो पुरानो क्लब म्यानचेस्टर युनाइटेड फर्किन चाहेको खबर आएका छन ।उज्यालोअनलाईनले खबर लेखेको छ ।
गएको नोभेम्बरमा रियलसँग पाँच वर्षको नयाँ सम्झौता गरेका रोनाल्डोले आफ्ना एजेन्टलाई आफू म्यानचेस्टर युनाइटेड फर्किन चाहेको र यो सपना पूरा गर्नका लागि आग्रह गरेको खबर आएका छन । यो सिजन रियल मड्रिडलाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि दिलाउनका लागि महत्वपूर्ण भूमिका खेलेका रोनाल्डो अहिले कनफेडेरेशन कपका लागि रुसमा छन ।
२०७४ असार ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: