
रामकुमार थापा –
४ असार, धादिङ। सँगै यात्रा गर्ने क्रममा तपाईंलाई पनि यस्तो समस्या परेको होला । तर तपाईंले अहिलेसम्म पनि कसैलाई भन्नुभएको छैन होला । सुन्दा र देख्दा सामान्य लाग्ने ती कुराहरु निकै जटिल हुन्छन ।
यात्राका क्रममा विभिन्न अनुभव हुन्छन । ती अनुभवले धेरै कुराहरु सिकाईरहेको हुन्छन ।काउन्टरबाट टिकट काट्नुभएको छ भने त जुन सिटको टिकट काट्नु भएको छ त्यहि सिटमा बस्नुहुन्छ तर तपाईंले टिकट काट्नुभएको छैन भने तपाईंको मनमा पनि यी प्रश्नहरु तरङ्गीत हुन्छन ।
तपाईंको मनमा यो स्तम्भकारले कस्तो कुरा लेखेको होला रु भन्ने पनि लाग्न सक्छ तर यस भित्रको मनोविज्ञान के छ त रु यसै विषय केही कुरा गर्दैछु ।
महिला र पुरुष एउटै सिटमा बस्न किन डराउँछन रु तपाई एक पटक सोच्नुहोस त ? आफ्नो दिदीबहिनी, आमा, भान्जा, भान्जी लगायत आफन्त बाहेकको लागि मात्र हो । माथि भनिएका वा बाँकी आफन्तसँग हामी सहजै बस्छांै । तर अपरिचित व्यक्ति महिला वा पुरुष सँगै बस्न डराउँछन वा मन पराउँदैनन ।
तपाईं १८ देखि ४० वर्षसम्मको पुरुष हुनुहुन्छ र बसमा यात्रा गर्दै हुनुहुन्छ, बसको अगाडि भागमा महिला यात्रु छन र सिट पनि खाली छ र पछाडिको सिट पूरै खाली छ भने तपाईं त्यहि महिला भएको सिटमा बस्नुहुन्छ कि बस्नुहुन्न ? यस्तै पुरुष बसको अगाडि सिटमा बसेका छन र तपाईं महिला हुनुहुन्छ भने के गर्नुहुन्छ? तपाईंले पक्कै पनि सोच्नुभयो होला । बसको सिट प्याक भए त, खाली जहाँ छ त्यहिँ बस्नुहोला । यदी प्याक नभएको अवस्थामा चाँहि के गर्नुहुन्छ ? सबैमा यो कुरा लागु हुँदैन तर धेरै मात्रामा चाहिँ यो तथ्यसँग मेल खान्छ ।
किन सँगै सिटमा बस्न डराउँछन त महिला र पुरुष ?
१, नराम्रो सोच्छन भनेर
तपाईं पुरुष हुनुहन्छ र पछाडिको सिट खाली छ भने तपाईं पछाडिको सिटमा बस्नुहुन्छ । किनभने ती महिलाले राम्रो सोच्दिनन भन्ने तपाईको मनमा डर हुन्छ । यदी महिला हुनुहुन्छ भने पनि तपाईंले पनि सोच्ने कुरा चाहिँ पुरुषको जस्तै हो । अनि यो केटी त कस्ती रैछे भन्ने कुरा केटाको मनमा पर्छ भन्ने तपाईंलाई सोच आउँछ अनि बस्नुहुन्न ।
२. हतारको निर्णय
तपाईं गाडी कुरेर बस्नुभएको छ या यात्रा गर्ने क्रममा हुनुहुन्छ भने तपाईंले धेरै कुरा सोच्नुहुन्छ । छोटो दूरीको यात्रा छ भने त ठिकै हो तर लामो दूरीको यात्रा गर्ने क्रममा हुनुहुन्छ भने तपाईंको सिटमा कस्तो मानिस आएर बस्नेहोला, उ पुरुष हो कि महिला हो ।
नराम्रो प¥र्यो भने के गर्ने, फोहोरी पो पर्छ कि, पान पराग खाने अथवा रक्सी खाएरपो बस्छ कि भन्ने कुरा तपाईंको मनमा खेल्छन । तपाईंलाई लाग्छ कि बसको ढोकाबाट पस्ने बित्तिकै अगाडि जुन खाली सिट छ त्यसमा बस्नुभयो भने केही समस्या हुँदैन ।
जब तपाईं खाली सिट छान्दै हिँड्नुभयो भने तपाईंको निर्णय हतार बन्न सक्छ । महिला अथवा पुरुष भएको सिटमा बसौं कि नबसौं भन्ने सोच आउँछ र तपाईंको सोचाई पनि त्यस्तै हुन्छ ।
३. भलादमी हुँ भन्ने देखाउन
तपाईं युवावस्थाको हुनुहुन्छ भने भलाद्मी बन्नका लागि पनि सँगै बस्नुहुन्न । सँगै बस्यो भने त कस्तो व्यवहार भएको मानिस हो भन्ने कुरा सिटमा बस्ने यात्रुलाई पर्छ नै भन्ने लागेर तपाईंको भित्र सोच जे जस्तो भएपनि बाहिरी व्यवहार राम्रो भएको देखाउनको लागि पनि तपाई सँगै बस्नुहुन्न ।
४. घमण्डीपना
जब तपाईं बसमा चढ्नुहुन्छ महिला अथवा पुरुष भएपनि तपाईमा घमण्डपन भने पक्कै हुन्छ नै । यो सँगै किन बस्नुप¥र्यो महिला भनेको त महिला हो नि किन पुरुषसँग बस्नुर्पयो रु पुरुषको त व्यवहार ठिक हँुदैन त्यहीमाथि पनि सँगै बस्न प¥र्याे भने त झन समस्या हुन्छ भन्ने सोच आउँछ र उनीहरु सँगै बस्दैनन। पुरुषहरुले पनि आफ्नो पुरुषत्व देखाईहालल्छन । भित्री दिल खुशी भएपपनि उनीहरु मन चुकचुकाएर सँगै बस्दैनन ।
५. कसैले देख्छ भनेर
तपाईं यात्रा गर्दै हुनुहुन्छ र सिटमा विपरित लिङ्गी छन भने तपाईंको मनमा एक खालको त्रास पैदा हुन्छ । यात्रा गर्ने क्रममा सँगै सिटमा बसेको कुरा आफ्नो परिवारको सदस्यलाई भन्देला वा थाहा पाउला भन्ने डर लाग्छ ।
अझै निदाएको बेलाको त्यो अवस्था देखे भने त झन बित्याँस पर्छ र समस्या हुन्छ भन्ने लाग्छ र सकेसम्म तपाईं बस्नुहुन्न । केही गरी घरमा थाहा पाए भने केरकार सुरु हुन्छ कि भन्ने सोच आउँछ ।
६. अनावश्यक उत्तर दिनुपर्ने भएर
बसमा सँगै बस्दा चिनजान भएपछि कुरा गर्न थाल्नुहुन्छ । कुरा गर्दा गर्दै नजिकपना हुन्छ नै । त्यही बेलामा तपाईंको चिनजानको मानिस पनि त्यही बसमा चढ्यो भने वा देख्यो भने उसले सोधिहाल्छ कि तिम्रो श्रीमती हो अथवा महिला भए तिम्रो श्रीमान हो भनेर सोध्छन । यी अनावश्यक उत्तर दिनुभन्दा बेग्लै बस्दा नै आनन्द आउँछ भनेर पनि तपाईं सँगै बस्नुहुन्न ।
माथि उल्लेखीत बुँदाहरु तपाईंको मनोभावनामा आउनु स्वभाविक हो । तर पनि महिला र पुरुष सँगै बस्नु हुँदैन भन्ने हाम्रो मानसिकता आजैदेखि हटाउनुपर्छ । तपाईंको आफ्नै दिदीबहिनी तथा दाजुभाइ हो भन्ने सोच राख्नुभयो भने तपाईंका समस्या समाधान हुन्छन।
बसमा सँगै बस्ने नाममा हुने हिंसा र अश्लिल व्यवहार भने पटक्कै गर्नुहुँदैन । धेरै मानिसको यात्राको क्रममा भएको चिनजानले जीवनमा धेरै सफलता पाएका छन। सहयोग पाएका छन। त्यसैले सकारात्मक सोचका साथ तपाईंले सोच्नुभयो भने यी समस्या आउँदैनन र तपाईंको यात्रा पनि सफल र आनन्दमय हुनेछ ।
२०७४ असार ४ गते प्रकाशित