Sun. Mar 16th, 2025

अफगानिस्तानमा कार्यरत तीन अमेरिकी सैनिकको हत्या

२८ जेठ,  धादिङ –

 
अफगानिस्तानमा कार्यरत तीन अमेरिकी सैनिकको हत्या भएको छ । अर्का एक अमेकिरी सैनिक घाइते भएका छन् ।

अफगानिस्तानको पूर्वी प्रान्त नांगहारको एचिनमा कार्यरत अमेरिकी सैनिकलाई लक्षित गरी एक अफगान सैनिकले अन्धाधुन्ध गोली चलाएको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) तथा तालिबान विरुद्धको कारवाहीमा अफगान सैनिकलाई सघाइरहेको अमेरिकी विशेष बलका सैनिकको हत्या भएको हो ।

ती सैनिकले अमेरिकी सैनिकको हत्या गर्नुको कारण खुलेको छैन । घटनामा गोली चलाउने सैनिकको पनि ज्यान गएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको अफगान अधिकारीले बताएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले तीन सैनिकको हत्या भएको पुष्टि गरेको छ र घाइते भएका सैनिकलाई उद्धार गरिएको जनाएको छ ।

२०७४ जेठ २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: