

रमेश अधिकारी –
“बाहिर बसेर जसरी महिलाहरुको मुद्दा उठाएँ, अहिले म कार्यान्वयन गर्ने निकायामा पुगेको छु, मेरो पहिलो प्रथामिकता महिलाहरुको न्याय प्राप्तीका लागि हुनेछ ।” महिला मानवअधिकारका अथक योद्धा अम्बिका रुपाखेती थाक्रे गाउँपालिकाको गरिमामय उपाध्यक्ष पदमा निर्वाचितहुनु भएको छ । लैङिकताका आधारमाहुने विभेद विरुद्ध संस्थागतआवाज उठाउन वहाको पहलमा २०६६ सालमा महिलामानवअधिकार रक्षकहरुको जिल्लासंजाल धादिङ गठन भयो र साथै न्याय र समानतामा आधारित समाजनिर्माण गर्न स्रोत शक्ति र सक्तामा समानअधिकार, विभेद मुक्त समाजहाम्रो सरोकार भन्ने आदर्श वाक्यलाई आत्मासाथगदै सहयात्री समाज नेपालको संस्थापक अध्यक्ष पनि वन्नु भयो वहाँ २०६६ सालमा ।
अम्बिका रुपाखेतीको जन्म २०३७ सालमा माता खुनकुमारी र पिताशारदा नाथको पहिलो सन्तानको रुपमाभयो १६ वर्षकै कलिलो उमेरमा राजेन्द्र पौडेल सँगविवाह भएता पनि नेपाली समाजको विवाहवन्धन, लाई तोड्रदै सामाजीक, राजनितिक अभियानमा वहाँ सरिक हुनु भयो । पारिवारिक जिम्मेवारी लाई समाज परिवार र संकारकारले चाहे जसरी नै संहाल्दै सामाजिक संलग्नतालाई पनि वहाँले अगाडि बढाउँदै जानु भयो । २०५५साल देखि म्च्ःएको सामुदायिकवनको सचिवको जिम्मेवारी वहाँको सामाजिक गतिलिताको कोसेढुंगा बन्यो । मासिक रु चार हजारमा रिम्स नेपालको सगुनकार्यक्रम बाट प्राप्त जिवानको पहिलो कमाई हात थाप्दा २०५९ सालमा अम्बिकाजीमा खुशीको कुनै सिमा थिएन ।
जीवनका अनन्त उकालीहरुमा वहा सहयात्री समाज नेपालमा कार्यक्रम संयोजकको भुमिकामा रहनु भयो । उहाँलाई नजिकबाट चिन्नु भएकी सहयात्री समाज नेपालका कार्यकारी निर्दैशक राधिका सापकोटाको नजरमा “जतिसुकै अफ्ठेरो परिस्थितीलाई पनि सहजै सहेर पार लगाउने हिम्मतवली हो अम्बिकाजी, उहाँको जीवनको यात्राले थुप्रै काँडाहरुको कठोर बाटोमा रगत बगाउँदै यहाँ सम्म आएको हो । ”
आफ्नै मुल्याँकनमा थोरै जिद्दीवली हो रे सानोमा । २०४६ सालको पञ्चायत विरोधी आन्दोलमा नारायण रुपाखेतीलाई प्रहरीले दिएको याताना र वहाँको गिरफ्तारीले अम्बिकाजीलाई राजनीतिमा प्रेरीत ग¥यो । दशवर्षको वाल्यकालमा अखिलको झण्डा वोकेर सम्मेलनमा जाने आँट र अवसर जुटयो । वहालाई २०५९ सालमा नेपाली कम्युनिष्ट आन्दोलनको गौरवमय पार्टी नेकपा एमालेको सँगाठानीक सदस्यताले वैचारीक हिसावले पनिवहाँमा परिपक्कता ल्यायो ।
हाल नेकपा एमालेको जिल्ला कमिटि सदस्य र राष्टिय युवा संघ केन्द्रिय अनुशासन आयोगको सदस्यको गहन जिम्मेवारी पनि वहाँमा छ । यो भन्दापनि ठुलो जिम्मेवारी थाक्रे गाउँपालीकाको उपाध्यक्षको कार्यभार वहाँले पुरा गर्नु छ । काँग्रेस र माओवादीको सहकार्यलाई एक्लै भत्काउदै वहाँले ८३२२ मत सहित साहान्दार जीतहासिलगर्नु भयो ताकीनिकटम प्रतिद्धन्दीसँग २८६४ मतको फराकिलो अन्तरले वहाँ विजयी हुनुभयो ।
परिवर्तित सन्दर्भमा संहाल्ने जिम्मेवारीको स्पष्ट खाका सरकारले बनाउन भ्याएको छैन तर पनि पुर्नसंरचना लगतैको यस जिम्मेवारीबाट स्थापितहुने विकासका मोडल र नेतृत्वको शैलीले दुरगामी असर र प्रभावपार्ने छ । तर्सथ वहाँमा त्यो अभिभाराको बोध छ । राजनीतिमा खासै महत्वाकांक्षा छैन अम्बिकाजीमा, समयले दिएको कुनै पनि जिम्मेवारी पुरा गर्र्र्ने प्रतिवद्धता भने सँधै कायम छ ।
जनतासँग जनप्रतितिधि भन्ने मासिक छलफल बाट जनचासोका सवै विषयमा आफ्नो तर्फवाट सकृय भुमिका हुने कुराको वचन वहाँले आफ्ना मतदातालाई दिई सक्नु भएको छ तथापि कमजोर वर्गको लागि न्याय सुनिश्चितगर्ने दिशामा वहा चुक्नु हुने छैन । आएका सबै चुनौतिहरुलाई सामनागर्दै जनता र पार्टीको लागिप्यारो र सच्चा नेत बन्नु सक्नुहोस् अम्बिकाजी तपाईलाई शुभकामना ।
२०७४ जेठ २७ गते प्रकाशित