Wed. Nov 27th, 2024

धादिङ अस्पतालका १० कर्मचारी ड्युटी हापेर एउटै गोष्ठीमा

२५ जेठ धादिङ–

जिल्ला अस्पताल धादिङका विभाग प्रमुखहरु सहित १० जना कर्मचारी ड्युटी हापेर तीन दिने गोष्टिमा सहभागी हुन रसुवा पुगेका छन् ।     मेडिकल सुपरिटेन्डेण्ट, आकस्मिक विभाग प्रमुख, ल्याव टेक्निसियन, नर्सिङ इन्चार्ज लगायत विभागका प्रमुखहरुले जुनियर कर्मचारीहरुलाई काम जिम्मा लगाएर एकैपटक ड्युटी छोडेका हुन् ।
निक साइन्स इन्सिच्युटले आयोजना गरेको तीन दिने गोष्टिमा सहभागी हुन जिल्ला अस्पताल धादिङका मेडिकल सुररिटेण्डेण्ट सहित १० जनाको टोली सोमबारदेखि रसुवाको धुन्चेमा छन् ।    सिनियरहरु सबै गोष्टिमा सहभागी हुन जिल्ला बाहिर रहेपछि जिल्ला अस्पताल धादिङ अहिले ओजिटी र परिक्षणमा रहेका स्वास्थ्यकर्मीको जिम्मामा छ । अस्पताल प्रशासन खाली नै छ ।
गोष्टिमा सहभागीहरुले भने नेपाल सरकारकै कार्यक्रम अन्तर्गत अस्पताल व्यवस्थापन सुदृढिकरण गोष्टिमा सहभागी भएको प्रतिकृया दिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका वरिष्ट जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठ र अस्पताल विकास समितिका पदाधिकारीहरु पनि गोष्टिमा सहभागी छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट रसिला अमात्य सहित डा. इश्वर पौडेल, डा. अर्जुन श्रेष्ठ, आकस्मिक विभाग प्रमुख शिव राना पनि गोष्टिमा सहभागी छन् । त्यस्तै ल्याव टेक्निसियन शान्ता महत, नर्सिङ इन्चार्जहरु विष्णुमायाँ रिजाल, उमा पाठक, रेडियो ग्राफर ठाकुर लम्साल, प्रशासन शाखाका रविन कुमार श्रेष्ठ, फार्मेसीका राजु लोप्पा पनि गोष्टिमा रहेको श्रोतले जनाएको छ ।
झण्डै आधा कर्मचारी जिल्ला बाहिर रहँदा जिल्लामा भैपरी आउने दुर्घटनाहरु थेग्न सक्ने अवस्था छैन । अस्पतालमा विरामीको चाप भएपनि विरामीलाई उपलब्ध गराउनुपर्ने सेवाको वास्तै नगरी प्रमुखहरु बाहिर रहेकोमा उपचारका लागि आएका विरामीका आफन्तहरुले गुनासो व्यक्त गरेका छन् । गर्मी बढेसंगै अस्पतालमा विरामीको चाप छ ।
२०७४ जेठ २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: