२३ जेठ धादिङ –
नेपालले अहिले केहिबेरमा भारत सँग अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल फुटबल खेल्दैछ ।एएफसी एसियन कप २०१९ को छनौटको तयारीको लागी नेपाल र भारत बीचको खेललाई अर्थपुर्ण रुपले हेरिएको छ । खेल नेपाली समय अनुसार बेलुका सवा सात बजे मुम्बईको अन्धेरी स्पोर्टस कम्प्लेक्समा हुनेछ । लेबनानसँगको मैत्रीपूर्ण खेल रद्द भएपछि भारतले नेपाललाई बोलाएको हो ।
भारत र नेपालबिच पछिल्लो पटक साफ च्याम्पियनसिप अन्तर्गत २०७२ को पुसमा खेल भएको थियो । त्यसपछि पहिलो पटक दुई देशबिच खेल हुन लागेको हो । सन २०१६ मा अपराजित रहेको नेपाली टोली पछिल्लो पटक साढे तीन महिनाअघि एसियन कप छनौटको आफ्नो पहिलो खेलमा फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो ।
तर फिफा बरियतामा नेपाल १६९ स्थानमा छ भने भारत १०० स्थानमा छ । भारतसँगको खेल सजिलो नरहेको नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले बताएका छन । १५ महिनाअघि नेपाली टोली सम्हालेका कोजीको नेतृत्वमा नेपालले पहिलो पटक भारतसँग खेल्न लागेको हो । नेपालले पछिल्लो पटक भारतलाई सन २०१३ को साफ च्याम्पियनसिपमा हराएको थियो ।
२०७४ साल जेठ २३ गते प्रकाशित