Mon. Mar 10th, 2025

बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान

१८ जेठ,  धादिङ –

 

 

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बहुमतीय प्रक्रियाबाट सरकार गठनका लागि आह्वान गरिएको छ ।

राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गरेर बहुमतीय प्रक्रियाबाट सरकार बनाउन आह्वान गरिएको हो ।

‘तोकिएको समयावधिभित्र राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन नसकेकोले नेपालको संविधानको धारा २९८ को उपधारा ९३० बमोजिम व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रकृया अघि वढाउनको लागि आह्वान गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।

नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहमतिका आधारमा ७ (सात) दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी मन्त्रिपरिषद गठन गर्नको लागि व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरिए पनि सहमतीय सरकार बन्न सकेको थिए ।

 

२०७४ जेठ १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: