

१५ जेठ, धादिङ –
सरकारले बुढिगण्डकी जलविद्युत आयोजनाका लागि १० अर्ब १७ करोड बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७३/०७४को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि १० अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेका छन्।
उनले १ हजार २ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजनाको काम अगाडि बढाउन रकम विनियोजना गरेको हो ।
धादिङ र गोरखाको सिमानामा रहेको आयोजनाको निर्माणका लागि उक्त रकम छुट्टाइएको हो ।
२०७४ जेठ १५ गते प्रकाशित