२७ वैशाख, काठमाडौं –
बाजुरा जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा स्वास्थय चौकी छन् । तर, स्वास्थ्य चौकीभन्दा धामीझाँक्री र वैद्यहरु स्थानीय जनताको मनमा बस्न सफल भएका छन् ।
यहाँका अधिकांश बिरामी उपचारका लागि स्वास्थय चौकी जाँदैनन्, धामीझाँक्री र वैद्यहरुको भर पर्छन् । धामीझाँक्री र वैद्यहरुले गर्ने उपचार पद्धतिमा पनि उनीहरुको कुनै गुनासो छैन ।
समीकात्र्तिक गाउँपालिका २ की जनपुरा रावल दाँत दुखेपछि राजभर सुत्न सकिनन् । बिहानीको पर्खाइमा उनले कष्ट सहेर रात कटाइन् ।
उज्यालो भएपछि उनको प्राथमिकतामा स्वास्थ्य चौकी परेन । उनी सीधै स्थानीय वैद्यकोमा गइन् । वैद्यले भान्सामा प्रयोग हुने फलामको डाडु आगोको भुंग्रोमा रातो हुने गरी तताइन् । त्यसपछि ती महिला वैद्यले उनको दुखेको दाँत केहीबेर डामिन् । रावललाई तातो डाडुको रापले बिसेक भयो ।
वैद्यर धामीझाँक्रीप्रति विश्वास गर्ने रावल प्रतिनिधि पात्र मात्र हुन् । बाजुरामा वैद्य र धामीझाँक्रीलाई विश्वास गर्नेको संख्या असंख्य छ । राजधानी दैनिकबाट
२०७४ बैशाख २७ गते प्रकाशित