दोलख गुरुङ / १६ बैशाख, धादिङ –
२०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्पका कारण धादिङ सहित १४ वटा जिल्लामा ठूलो जनधनको क्षति भयो । ती काहाली लाग्दो कालझै अत्यान्तै पीडादायी कालो दिन सम्झदा सबैकोमन भक्कानियर आउँछ ।धैरैले आफ्नो परिवार ,आफन्त ,इष्टमीत्र गुमाएका छन् भने कयौं घाईतेहरु अझै पनि उपचारको लागि भौतारिरहेको हामीले देखेका छौ ।
पिडितहरु अहिले ति सबै पिडालाइ भुलेर क्षति भएको संरचनाहरुकोपुनःनिर्माण गर्ने चरणमा रहेका छन् ।जिल्लाका अधिकांश पिडित घर धनीहरुले पहिलो किस्ता बापतको रु.५० हजार प्राप्त गरि सकेका छन् भने केहिले अझै पाएको छैन् र पहिलो किस्ता प्राप्त गरि सरकारले तोकेको भुकम्प प्रतिरोधि मापदण्ड अनुसार घर निर्माण गरेका घर धनीहरुले भने दोस्रो किस्ताको लागी निवेदन पनि दीन थालेका छन् । भुकम्पका कारण जिल्ला रहेका सयौं विद्यालय भवनहरु पनि पूर्ण रुपमा क्षति भयो ।
यस बीचमा अधिकांश विद्यालयहरुमा नयाँ भवन निर्माण गरि पठन– पाठन सञ्चालन भइसकेको छ भने केहि विद्यालयमा भने अझै अस्थाई टहरा र त्रिपाल मुनी बसेर पढ्नु पर्ने बाध्यता रहेको थियो । सरकारले विद्यालय पुन.निर्माणमा उचित चासो नदिदा यो अवस्था आएको हो । नयाँ कक्षा कोठामा बसेर पढ्न कहिले पाइएला भन्ने सपना बुनेर बसेका गंगा जमुना गाउँ पालिका वडा नम्बर १ री ताजिम्राङमा रहेको सितलादेवि आधारभूत विद्यालयका विद्यार्थीहरु अहिले खुशि भएका छन् । उनीहरु खुशि हुनुको कारण हो अहिले उनीहरुले नयाँ भुकम्प प्रतिरोधि ६ कोठे भवनमा बसेर पढ्न् पाएका छन् ।
अधिकाँशलाइ लाग्न सक्छ भवन विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाले बनाइदिएको होला । तर यो विद्यालय भवन कुनै संघ संस्थाले नभई एक कोमल र सहयोगी भावना भएको व्यक्तिको सहयोगमा बनेको हो ।सोलुखुम्बु जिल्लामा जन्मिएका विगत २० वर्षदेखि पर्यटन व्यावसायको क्षेत्रमा लागेका पर्यटन व्यावसायि जम्बु शेर्पाले बनाएको हो । यस भवन निर्माणको लागि कुल २५ लाख रुपैंया लागत लागेको जनाएको छ । भुकम्प पश्चात सो स्थानमा आएका शेर्पाले विद्यालयको अवस्था अत्यान्तै दुखद र दयनिय देखेकाले आफ्नो बुबाको सम्झनामा विद्यालय भवन निर्माण गरिदिएको बताएका छन् ।
शेर्पाले यस अघि री कै रिचेत प्राथमिक विद्यालयमा पनि २ कोठे भुकम्प प्रतिरोधि नयाँ भवन निर्माण गरिदिएको थियो । यस सितलादेवि आधारभुतविद्यालयमा अघिल्लो शैक्षिक शत्रमा कक्षा ५ सम्म कक्षा सञ्चालन भएको थियो भने यस वर्षदेखि भने कक्षा ६ सम्म कक्षा सञ्चालन गरिने भएको छ । यस विद्यालयमा कुुल १ सय ४० जना विद्यार्थीहरुले अध्यायन गर्दछन् । विद्यालयमा ६ जना शिक्षकहरुले अध्यापन गराउँदछ भने २ जना महिला र ४ जना पुरुष शिक्षक रहेका छन् । विद्यालयमा अध्यायपन गराउने सबै शिक्षक तामाङ समुदायका रहेका छन् । साविकको री गाउँ विकास समितिमा चारवटा प्राथमिक विद्यालय र एक वटा उच्च माध्यमिक विद्यालय रहेको छ ।
२०७४ बैशाख १६ गते प्रकाशित