Sat. Nov 16th, 2024

कर्मचारी आवश्यकता सम्बन्धि सूचना !

sahayatri samaj

 मितिः २०७३।१०।२६

नेपाल सरकार संघियमामिला तथा स्थानिय विकास मन्त्रालय, स्थानीय शासन सामुदायीक जबाफदेहिता (LGCDP) ,, स्थानीय शासन उत्तरदायी संयन्त्र (LGAF) को सचिवालय र सहयात्री समाज नेपालसँगको साझेदारीमा सञ्चालित “स्थानीय निकायको कानूनी तथा नितीगत व्यवस्था पालना अनुगमन ” अन्र्तगत स्थानीय शासन उत्तरदायी संयन्त्र (LGAF) कार्यक्रममा एक जना कर्मचारी आवश्यक परेकाले दरखास्त आवहान गरिन्छ । योग्यता पुगेका  इच्छुक महानुभावहरुले सूचना प्रकाशित मितिले ५ दीन भित्रमा सम्बन्धित कार्यालयमा आवश्यक कागजात बुझाउन आव्हान गरिन्छ ।

विवरण
पद :  जवाफदेहीता अधिकृत

संख्या :  १

योग्यता र प्रथामिकता
–  प्रमाणपत्र तह उत्तिण
–   सुशासन प्रबद्धनका औजार, सामुदायिक अंक पाटीको ज्ञान भएको र अभ्यास र्गन सक्ने क्षमता भएको ।
–    तालिम सहजीकरण सीप भएको
–    प्रतिवेदन लेखन सम्बन्धि ज्ञान भएको ।
–     योजना अनुगमन ,मुल्याङ्कन सम्बन्धि ज्ञान भएको
निवेदन पेश गर्ने मिति,स्थान र आवश्यक कागजात
–    निवेदनका साथमा आफ्ना शैक्षिक प्रमाणपत्र,नागरिकता,कार्यअनुभवको प्रतिलिपि र वायोडाटा (ऋख्) अनिवार्यरुपमा पेश गर्नु छ ।
–   सूचना प्रकाशित भएको मितिले ५ दिन भित्र वा २०७३ फागुन १ गते  बेलुका ५ः००वजे  भित्रमा कार्यालयमा पेश गर्नुपर्ने छ।
–    तलब संस्थाको कर्मचारी नियमावली र परियोजनामा व्यवस्था भए अनुसार हुनेछ ।
–    दरखास्त बुझाउने ठाउँः सहयात्री समाज नेपालको कार्यालय , सि.पि चोक धादिङ,
यस संस्थाको इमेल ठेगानाः– [email protected]
सम्र्पक नंः– ०१०५२०५४४
परिक्षको किसिमः– लिखित र मौखिक दुबै ।
नोटः सूचिकृत भएका उमेरदवारहरुलाई मात्र लिखित परिक्षामा बोलाइने छ निवेदकले आफ्नो सम्पर्क नं. अनिवार्य उल्लेख गर्नुहोला ।
२०७३ माघ २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: