Wed. Nov 27th, 2024

धादिङमा स्थायी पुरुष बन्ध्याकरण भ्यासेक्टोमी सेवा सुरु

gajuri-purus-bandhyakaran
रेखबहादुर गुरुङ / १५ बैशाख,  धादिङ  –

धादिङमा पहिलोपटक परिवार नियोजनको स्थायी पुरुष बन्ध्याकरण भ्यासेक्टोमी सेवा शुभारम्भ भएको छ ।

गजुरी गाउँपालिका स्थित गजुरी प्राथमिक स्वास्थ्य केन्द्रले शुक्रबारदेखि पुरुषहरुको लागि परिवार नियोजन स्थायी बन्ध्याकरण भ्यासेक्टोमी सेवा शुभारम्भ गरेको हो । एक कार्यक्रमका विच जिल्ला स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले स्थायी परिवार नियोजन पुरुष बन्ध्याकरण सेवाको उद्घाटन गरे ।

सन्तानका रहर पुगिसकेका पुरुषहरुले जुनकुनै बेला पनि सरल र सहज रुपमा सेवा लिन सकिने गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका ईन्चार्ज डा.सुनिता तिमिल्सीनाले जानकारी दिइन् । भ्यासेक्टोमी शिविरको आयोजना होला र सेवा लिउँला भन्ने सेवाग्राहीहरुलाई नियमित सेवा सुचारु हुनु खुशीको कुरा भएको डा.तिमिल्सीनाको भनाई थियो ।

साथै उनले सन्तानका रहर पुगिसकेका पुरुषहरुले गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा आएर निर्धक्क भई सेवा लिन पनि अनुरोध गरिन् । गजुरी प्राथमकि स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष ज्ञानु बर्ताैलाको अध्यक्षतामा सम्पन्न भएको परिवार नियोजनको स्थायी पुरुष बन्ध्याकरण भ्यासेक्टोमी सेवा शुभारम्भ कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रमकै अवसरमा प्रमुख अतिथि श्रेष्ठले आगामी दिनहरुमा पनि सिफो टु, एचसीथ्री लगायतका संघ संस्थाहरुले सहयोग गर्ने हो बेला बेलामा आयोवना गरिने परिवार नियोजनको शिविरलाई संस्थागत रुपमा नियमित सेवाको रुपमा निरन्तरता दिने बताए । अब छिट्टैनै प्राथमिक स्वास्थ्य केन्द्र सल्यान्टार र जिल्ला अस्पताल धादिङमा पनि सेवा शुभारम्भ गर्ने बताए ।

गजुरी प्राथमिक स्वास्थय केन्द्रको आयोजना, जिल्ला स्वास्थ्य कार्यलय धादिङको सहआयोजना र एचसीथ्री परियोजना धादिङ, सिफो टु, हेल्थ फर लाईफको प्राविधिक सहयोगमा सेवा सुचारु गरिएको हो । आजदेखी सेवा सुभारम्भ गरिएको उद्घाटन कार्यक्रममा एचसीथ्री परियोजना धादिङका जिल्ला संयोजक वालकृष्ण खत्री, सिफो टु का ईक्षा पुन, जिल्ला राष्ट्रिय तालिम केन्द्रका डा.उत्तम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

२०७४ बैशाख १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: