

टेकमान शाक्य –
गाडीमा थिएँ । ड्राईभरले गाडी छाडेर हाम फालेर भाग्यो । कोचाकोच गर्दै हाम्रो यात्रा त्यो गाडी मार्फत थियो । उकुसमुकुस भएपनि यात्रा जसरी पनि गर्नैपर्ने बाध्यता थियो । ड्राईभरले गाडी ह्वात्त छाडेर भागेको देखेर म छक्क परेँ । कत्तै झगडा पो पर्न लागेको हो की रु भन्ने पनि लाग्यो । झ्यालको स्यानो प्वालबाट हेरेँ । सबै मानिसहरु हल्लीखल्ली गर्दै सडकमा उत्रिरहेका थिए । १२ गते शनिबार मध्यान्ह १२ बजे सोल्टीमोड पुगेको थिएँ म । सबै आयो आयो‘।भन्दै थिए । तर के आयो मलाई त्यतिन्जेलसम्म केही थाहा नै भएन ।
गाडीबाट भुँईमा झरेँ । बल्ल पो थाहा भयो की, भुँईचालोको कम्पनले पो मानिसहरुलाई अत्यास पारिरहेको रहेछ । कारण, गाडीमा हुँदा गाडी आफैँ हल्लिने भएकाले पनि त्यो कम्पनको महसुस मैले गर्न पाईन । म पनि अत्तालिएँ । बीच सडकमा पुगेर एकजना दिदीलाई समाउन पुगेँ । मलाई पनि पछाडीबाट खै कसले हो च्याप्प समाउदै थियो । आवाज सुनेँ भैले,–‘राम राम राम‘।।’
एकैछिनमा पारिपट्टीको पर्खाल गर्ल्यामगुर्लुम्मै ढल्यो । कम्पन आउने क्रम रोकिएन । मेरो आफ्नो शरिर शुरिक्षत थियो । किनभने म सडकको बीचमा थिएँ । सबै घरहरु लडेपनि मलाई ती घरहरुले मिच्नेवाला थिएन । म बीच बाटोबाट नै दौडँदै कोठातर्फ फर्किएँ । आफु त बाचेँ, मेरो परिवार रु‘।। निक्कै अत्यास लाग्यो । दौडदै फोन डायल गरेँ । अहँ मरिगए पनि सम्पर्क हुन सकेन । हस्याँफस्याँ गर्दै कलंकी मन्दिर आईपुगेँ । पल्लो कोठाको रुपको दिदी र दाईलाई भेटेँ । मैले सोधेँ, –‘खै त निरु‘‘रु’ दाईले भन्नुभयो की, –‘खै अगिनै त यहिँ थियो, कहाँ गयो थहा नै भएन’ मरे मर्छ भन्दै कोठामा पुगेँ । त्यतिखेर पराकम्पनहरु गईरहेका नै थिए । चुक्कुल लगाईएको रहेछ कोठामा । हेरेँ, छताछुल्ल पानी पोखेको रहेछ । मैले कोठामा उनीलाई देख्न सकिन । बाहिर खोज्न गएँ फेरी । २÷३ ठाउँमा गएँ खोज्न, तर पाईन ।
मलाई लाग्यो की, कहाँ गई होलान् रु एक्लै थिई, कत्तै गएर भक्कानिएर, अत्तालिएर बेहोस पो भएर बसेकी छे की जस्तो पनि लाग्यो । फेरी फोन डायल गरेँ । तर लागेन । यो टेलिकम पनि कस्तो रु परेको बेलामा काम नलाग्ने मोबाईललाई फालिदिउँ जस्तो लाग्यो । लाग्यो, उनी सद्य भएको भए पनि धेरै चिन्तामा छिन् । किनकी मलार्ई धेरै मायाँ गर्छिन् उनीले । विहे भएको धेरै महिना पनि भएको छैन । मात्रै ४ महिना । एकचोटी फेरी म बसेको घरको सबै कुनाकाप्चातिर हेरेँ । अहँ कत्तै भेटिन । फेरी गएँ कलंकी मन्दिर वरिपरीमै खोज्न अहँ पाईन । निरु मात्रै होइन, घरमा के भयो होला, बाआमा, भाई कहाँ के गर्दै छ होला म छटपटाहटमा परेँ । रुन मात्रै सकिन । कारण, त्यत्रो विपद्को समयमा म एक्लै भौतारिरहेको थिएँ त्यो काठमाडौँको सडकमा । चारैतिर खोजेँ, तर मेरो आँखा त्यहि घर भन्दा अगाडीको मिसन पोलिक्लिनीक भित्र जान सकेन । जाहोस् पनि कसोरी रु त्यो पोलिक्लिनीक वरपर निक्कै खतरा छ यतातिर त छैन होला जस्तो लाग्यो ।
करिब आधा घण्टापछि म लुरुलुरु निन्याउँरो मुख लगाएर मिसनतिर पसेँ । उनी पनि निन्याउँरो मुख लगाएर नै उभिरहेकी रहिछन् । उसलाई देख्ने बित्तिकै म हासेँ, उनी पनि मलाई देख्ने वित्तिकै मुसुक्क मुस्कुराईन् । घरमा फोन गर्ने धेरै नै प्रयास गरेँ । तर सम्पर्क हुन सकेन । केही घण्टापछि घरबाट फोन आयो । सबै सकुशल छ भन्ने खबर प्राप्त भयो । बाआमा, भाई सबैसँग बोलेँ । निरुको ममी, बुबा सबैसँग सम्पर्क भयो । बल्ल ढुक्क भयौँ हामी सबैजना सकुशल छौँ भनेपछि । त्यतिन्जेलसम्म हाम्रा आफन्तहरु सबै सकुशल भएपनि घरहरु भने कुशल थिएन । सबै बस्न नहुने अवस्थामा पुगिसकेको थियो । पराकम्पन गई नै रह्यो । धरहरा फेदमै भाँचियो ।
बसन्तपुर, चाँगुनारायण लगायत पुरातात्वीक सम्पदाहरु तहस–नहस भए । सबैतिर कोलाहाल मच्चियो । हजारौँको संख्यामा मानिसहरु हताहत भए । विदेश पुगेका प्रधानमन्त्री शुशिल कोइराला पनि स्वदेश फर्किए । उद्धार कार्यलाई सुरक्षा निकायले तुरुन्त सुरु गरिहाले । कत्तिको हप्तौँ दिनपछि पनि जीवितै उद्धार गर्न सुरक्षा निकाए सफल भए । कत्ति काम गर्न नसक्ने अवस्थाका घाईते भए । निरन्तर पराकम्पन जाने क्रम पनि रोकिएन ।
विद्युतका लाईनहरु सबै अवरुद्ध थियो । मेरो मोबाईल पनि स्वीच अफ भयो । विनाशकारी भूकम्प गएको भोलिपल्ट पर्सिपल्टबाट मानिसहरु पालको बासमा पुगे । सर्वसाधारणदेखि राष्ट्रपती रामवरण यादव पनि पालमुनी नै बासस्थान बनाउन पुगे । करोडपतिलाई रोडपती बनाईदिए । कारण त्यहि विनाशकारी भूकम्प नै थियो । दिन प्रतिदिन मानिसहरु झन त्रसित बन्दै गयो । आफु त पत्रकार, रेडियोबाट सत्य तथ्य समाचार संप्रेशण गर्नुपर्ने दायित्व पनि उस्तै । नेपाल एफएमको भवन चर्किएको थियो । सानो पराकम्पनले पनि पुरै भवन हल्लाउँथ्यो । त्यो हल्लाई आफुलाई भने बानी परिसकेको थियो । ४ रेक्टर स्केल भन्दा माथिका तर ५ भन्दा मुनीका पराकम्पनहरुले मलाई कुनै असर गरिरहेको थिएन, त्यो सामान्य जस्तै बनिरहेको थियो । दिनभर अग्लो भवनमा बसेर चिच्याउने दैनिकी, अनि जब रात पर्यो, पालमुनीको बास । मलाई त आँट थियो त्यहि घरको तेस्रो तल्लामा रात कटाउने, तर बाध्यता थियो श्रीमतीकै लागि भएपनि पालमुनी गएर बस्नुपर्ने ।
रेडियोकर्मी परियो आफु त, सबैले फोन गरेर अब भूकम्प जान्छ की जाँदैन भन्ने प्रश्न म माथि ओहिरिन थाल्यो । मैले भन्थेँ अब ठूलो भूकम्प जाँदैन । उनीहरु फेरी भन्दै थिए, ‘१२ गतेको भन्दा ठूलो जान्छ रे नी रु ज्योतिसले भनेको ।’ कसैले भन्थे, रेडियोले पनि त्यसै भनेको छ झन ठूलो जान्छ रे । म अचम्म पर्थेँ । रेडियोमा बोल्ने मैले प्रत्यक्ष भनेको चाँही नपत्याउने अनि मैले नै रेडियोबाट भन्यो भने चाँही पत्याउने रु विस्वस्त पार्ने कोसिसमा हुन्थेँ म की अब त्यति ठूलो भूकम्प जाँदैन भनेर । तर साथिहरु विश्वास नै गर्दैन थ्यो मेरो कुरामा । कत्तिपय साथिहरुलाई त मैले विश्वास नलागे संचार माध्यमहरु हेर्न, सुन्न र पढ्न पनि भन्थेँ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकबिजय अधिकारीसँगको सम्पर्क टुटेको थिएन मेरो । उनीसँग अब के हुन्छ भन्ने विषयमा मेरो जिज्ञासा गईरहन्थ्यो ।
उनकै नाम कोट गरेर मैले अरुलाई विश्वस्त पार्ने कोसिस गथेँ अब भूकम्प जाँदैन भनेर । एकछिन त सम्झिएको जस्तो गर्थे सबैजना अब त भूकम्प जाँदैन भनेर, केही छिनमै फेरी हल्लाईहाल्थ्यो । फेरी फोन आईहाल्थ्यो की, तेरो कुराले त फेल खायो फेरी आयो त भनेर । अनि मैले फेरी यो भूकम्प होइन पराकम्पन हो भनेर सम्झाउनुपर्थ्यो । एक समूहले टुँडिखेल नजिकै गएर भूकम्प आउँदै छ है भन्दै हिँडेछन् । त्यसैलाई पत्याएर सबैजना बाहिर । भाई सोमले मलाई फोन गर्यो । उनले भने,–‘ के हो मान्छे त सबैजना भूकम्प आउँदै छ रे भन्दै भागाभाग गरिरहेछ । हामी पनि टुडिखेल जान लागेको । के यो सत्य हो त रु’ मैले यो हल्ला मात्रै हो र हल्लाको पछि नलाग्न भनेँ ।
तर के मान्थ्यो र रु फेरी ककसको कुरा सुन्न भ्याउँदो रहेछ फेरी फोन गरिहाल्थे । मैले आउँदैन नडराईकन बस्न भन्थेँ । हुन्छ भन्थ्यो उसले । फेरी ककसको कुरा सुन्दो रहेछ आउँदै छ रे भूकम्प हामी त जान लागेको भन्दै अत्तालिँदै मलाई फोन गर्थ्यो । त्यो हल्लाको बीचमा भूकम्प आउँदैन त्यति ठूलो भन्ने मेरो भनाईलाई उसले विश्वास गर्न नै सकेन ।
जनजीवन सामान्य बन्दै थियो । २९ वैशाखमा फेरी अर्को ठूलो भूकम्प गयो । त्यसलाई भूकम्पविद्हरुले भूकम्प नभई पराकम्पको संग्या दियो ।
जनजीवन फेरी आतंकित । भूगर्भविद्हरुको कुरा पनि पत्याउन छाडे सर्वसाधारणले । १२ गतेको भन्दा ठूलो नभएको र त्यो भन्दा ठूलो नआउने भन्दै भूगर्भविद् सबै सम्झाउन थाल्थ्यो । तर सर्वसाधारण बरु ज्योतिसका कुरा पत्याउँथे , भूगर्भविद्हरुलाई हावा भनिरहे । समाज यस्तो छ की, सत्यताको होईन की, हावाको पछि लाग्ने । कसैले भूकम्प आउँदै छ भनेर भन्यो भने जर्याकजुरुक्क उढेर टाप कसिहाल्ने । अब आउँदैन भन्यो भने त्यसलाई हावा सम्झने । मानिसहरुमा यति मनोवैज्ञानिक असर परेछ की, आउँदै छ भन्दा सबैले पत्याउने, आउँदैन भन्दा कसैले पनि नपत्याउने ।
२०७४ बैशख १२ गते प्रकाशित