Mon. Mar 10th, 2025

नेकपा एमाले धादिङद्धारा निर्वाचन परिचालन समिति गठन

uml-logo copy
१० बैशाख,  धादिङ –

नेकपा एमाले धादिङले बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि तयारी तीब्र बनाएको छ ।

एमाले धादिङको अठारौँ पूर्ण बैठकले पार्टी अध्यक्ष भूमि त्रिपाठीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा पार्टी जिल्ला कमिटि, सल्लाहकार परिषद्का सदस्यहरु, पार्टी नगरपालिका र गाउँपालिका संगठन कमिटि, धादिङ – काठमाडौँ सम्पर्क मंचका अध्यक्ष रहेको नेकपा एमाले धादिङले जनाएको छ ।

बैठकले निर्वाचन परिचालन समितिको मातहतमा विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।
प्रचार विभाग प्रमुख सुवास खतिवडाको संयोजकत्वमा प्रचार–प्रसार विभाग , शिव कंडेलको संयोजकत्वमा आर्थिक परिचालन उपसमिति, अर्जुन श्रेष्ठको संयोकत्वमा स्वर्यसेवक तथा सुरक्षा समन्वय उपसमिति, रामहरी अधिकारीको संयोजकतवमा कानुनी डेस्क उपसमिति निर्माण गरेको छ ।

गठन गरिएका यी उपसमितिहरु मार्फत व्यवस्थित ढंगले निर्वाचन अभियानलाई अगाडि बढाउँदै लैजाले अध्यक्ष त्रिपाठीले जानकारी दिए ।

२०७४ बैशाख १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: