Tue. Nov 26th, 2024

धादिङमा ९ वटा खोलामा अनाधिकृत रूपमा प्राकृतिक दोहन

crasar

७ बैशाख,  धादिङ –

धादिङमा ९ वटा खोलामा अनाधिकृत रूपमा प्राकृतिक दोहन भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

महालेखाको प्रतिवेदनमा उल्लेख भए अनुसार धादिङमा ९, मकवनापुररमा ८ र चितवनमा ५ वटा खोलामा गैरकानुनी रूपमा गिटीवालुवा दोहन हुने गरेको भेटिएको महालेखाले औंल्याएको छ । घुस र कमिसन विवाद छताछुल्ल हुँदा विभिन्न जिल्लाबाट गतवर्ष ८ हजार ५ सय ११ घनमिटर बालुवा जफत भएको थियो ।

विगत ४ वर्षदेखि जिल्ला विकास समिति कार्यालय ललितपुरले पनि ६० लाख ३८ हजार घनफिट बालुवा र १६ लाख ९८ हजार घनफिट माटो उत्खनन गरे पनि त्यसको अभिलेख तथा राजस्व विवरण राखेको छैन । अनधिकृत रूपमा उत्खनन भएकै कारण त्यसको आम्दानी राज्यको ढुकुटीमा जम्मा हुन सकेको छैन ।

तोकिएको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योगको कारण अवैध उत्खनन र घनावस्ती भएको क्षेत्रमा ध्वनि, धूलो लगायतका कारण विभिन्न वातावरणीय असर पुगेको भन्दै महालेखाले मापदण्ड विपरीतका क्रसर नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । व्यापारीले नदीबाट बालुवा ढुङगा तथा उत्खनन् गर्दा पनि पहुँच, प्रभाव र ग’न्डाको आडमा कानुनको बर्खिलाप गरेका छन् ।

२०७४ बैशाख ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: