
८ चैत, धादिङ –
अमेरिकाले इलेक्ट्रोनिक्स सामान लिएर विमानमा चढ्न नपाउने नियम लागु गर्ने भएको छ ।
क्याबिन ब्यागमा ल्यापटप, ट्याबलेटसहितका इलेक्ट्रोनिक्स सामान लैजान नपाउने गरी प्रतिबन्ध लगाउने तयारी गरेको हो । मध्यपूर्वका ८ तथा उत्तर अमेरिकी देशबाट उड्न विमानमा इलेक्ट्रोनिक्स सामान बोक्न प्रतिबन्ध लगाएको हो ।
अमेरिकाका विभिन्न १० विमानस्थलमा सेवा दिँदै आएका नौ वटा एयरलाइन्स यो नियमबाट प्रभावित हुने बिबिसीले जनाएको छ । डिभिडी प्लेअर, इलेक्ट्रोनिक्स गेमसहितका सामान पनि बोक्न पाइने छैन । तर मोवाइल भने लगेजमा बोक्न पाइने छ ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरेटीले यसविषयमा केही प्रतिक्रिया दिएको छैन । तर यो नियम आजैदेखि लागु गर्ने तयारी रहेको उल्लेख गरिएको छ । सुरक्षाको कारण देखाउँदै इलेक्ट्रोनिक्स सामान प्रतिबन्ध लगाउन लागिएको हो ।
२०७३ चैत ८ गते प्रकाशित