२८ फागुन धादिङ/
कप्तान पारस खड्काबिनै नेपालले केन्यासँग विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने लगभग निश्चित भएको छ । नेपाल र केन्याबीच आज शनिबार र सोमबार खेल हुँदै छ । पारस शनिबार हुने खेलमा नखेल्ने करिब पक्काजस्तै भएको हो ।
नेपाली टिम स्रोतका अनुसार शनिबार पारसले खेल्ने छैनन् । उनको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई खेलाइने भएको छ । अलराउन्डरद्वय महबुब आलम र दीपेन्द्रले छैटौं र सातौं नम्बरमा ब्याटिङ गर्ने छन ।
सागर पुनले पारसले नियमित रूपमा खेल्ने चौथो नम्बरमा ब्याटिङ गर्ने सम्भावना छ ।
पारसको स्वास्थ्यस्थिति शनिबारको लागि मात्र भएको स्रोतले जनाएको छ । उनको अनुपस्थितिमा कप्तानी जिम्मेवारी ज्ञानेन्द्र मल्लले लिने छन ।
कान्तिपुर अनलाइनबाट
२०७३ फागुन २८ गते प्रकाशित