
२३ फागुन, धादिङ –
सत्तारुढ नेकपा माओवादी केन्द्रका एक जना जिल्ला नेता एमालेमा प्रवेश गरेका छन् ।
शनिबार धादिङमा आयोजित युवा संघ नेपाल शाखाको सातौं जिल्ला अधिवेशनमा माओवादी केन्द्रका जिल्ला नेता रवि ओझा एमालेमा प्रवेश गरेका हुन् ।ओझालाई युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारीले माला र टिका लगाएर पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेश गर्दै नेता ओझाले राष्ट्रियप्रति वफादार पार्टी एमालेमात्रै भएको र एमालेले मात्रै देश बचाउन सक्ने देखेर आफू पार्टीमा प्रवेश गरेको बताए ।
कार्यक्रममा धादिङ एमाले अध्यक्ष भुमी त्रिपाठी, गुरु बुर्लाकोती, धन ब घले, युवा संघ केन्द्रिय सचिव क्रान्ति बुर्लाकोटी, सचिवालय सदस्य रमेश आचार्य लगायतले मन्तब्य राखेका थिए ।
२०७३ फागनु २३ गते प्रकाशित