

२३ फागुन, धादिङ –
धादिङको जीवनपुरमा अन्तर विद्यालय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
जीवनपुर गाउँ विकास समिति वडा नं. ९ पुरानोधार्केमा रहेको भुवनेश्वरी माध्यमिक विद्य्यालयको खेल मैदानमा सम्पन्न भएको प्रतियोगितामा महादेबस्थान मा.वि. जिवनपुर ८, बुद्धभिजन एकेडेमी नौविसे ५ र भुवनेश्वरी मा. वि. जिवनपुर ९ को सहभागिता रहेको थियो ।
मैत्रीपूर्ण रुपमा संचालन भएको प्रतियोगितामा पहिलो खेलमा बुद्धभिजन एकेडेमी र भुवनेश्वरी मा. वि. विच २—१ गोल अन्तरले बुद्धभिजन एकेडेमी बिजयी भयो । त्यस्तै दोस्रो खेलमा महादेबस्थान मा. वि. र बुद्धभिजन एकेडेमी विच भएको खेलमा ३—२ गोल अन्तरले महादेबस्थान मा. वि. विजयी भएको थियो भने तेस्रो खेल भुवनेश्वरी मा. वि. र महादेवस्थान मा. वि. विच भएको खेलमा ८—० गोल अन्तरले भुवनेश्वरी मा. वि. विजयी भएको थियो ।
गोल अन्तरको आधारमा भुवनेश्वरी मा. वि लाई बिजेता घोषणा गरिएको थियो । विद्यार्थीहरुको खेलकौशल मूल्याङ्कन गर्ने उदेश्यले प्रतियोगिता संचालन गरिएको महादेवस्थान मा. वि. का निमित्त प्रधानाध्यापक किरण कुवरले बताए ।
२०७३ फागुन २३ गते प्रकाशित