दोलख गुरुङ / १७ फागुन, धादिङ –
बालशिक्षकहरुलाई दोस्रो तहको आधारभूत तालिम प्रदान गरिएको छ । फागुन ११ गतेदेखि धादिङको सदरमुकाम धादिङबेसी र आरुघाटको चुलिदेवि मा.वि. विशालटारमा सञ्चालन भएको तालिम सोमबार एक कार्यक्रमको बीच समापन गरिएको हो ।
शैक्षिक आयाम नेपाल धादिङ र जिल्ला शिक्षा कार्यालय धादिङको संयुक्त आयोजना तथा अर्लि चाइल्डहुड एजुकेशन सेन्टर ललितपुर (इ.सि.इ.सि) को प्राविधिक सहयोगमा संचालित तालिम अन्र्तगत आरुघाटमा सञ्चालन भएको तालिममा बुढाथुम र सल्यान्टार स्रोत केन्द्रका मुलपानी, बुढाथुम, बसेरी, सल्यान्टार र आगिञ्चोक गाविसका २३ जना बाल शिक्षकहरुको सहभागीता रहेको थियो ।
यसै गरि धादिङबेसी सदरमुकाममा सञ्चालन भएको तालिममा सिम्ले स्रोत केन्द्रका गोगनपानी, थाक्रे, तसर्पु, महादेवस्थान र सुनौलाबजार स्रोत केन्द्रका खाल्टे र सुनौलाबजारका २५ जना बाल शिक्षकहरुको सहभागीता रहेको थियो । तालिमबाट धैरै नजानेका कुराहरु सिकेको र सिकेका कुराहरुलाइ पुन सिक्न पाउँदा अझै आत्म विश्वास बढेको तथा अब बालबालिकारुलाई अध्यापन गराउँदा सिकेका कुराहरुलाई पूर्ण रुपमा कार्यान्वयन गरि बालबालिकाहरुको मनोभावनाइ बुझेर पाठ्यक्रम तयार गरि सोहि अनुसार अध्यापन गराउने सहभागि शिक्षकहरुले बताए ।
साथै सहभागीहरुले तालिम अत्यान्तै महत्वपुर्ण र उपलब्धीमुलक भएकोले आयोजक संस्थाहरुलाइ धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्ता तालिमहरुको आवश्यकता रहेको बताएका छन् ।आरुघाट तालिम केन्द्रमा(इ.सि.इ.सि) का गीता कपाली, हतसा डोना कार्थक, शैक्षिक आयाम नेपाल धादिङका श्याम विश्वकर्माले सहजिकरण गरे ।
त्यसै गरि सदरमुकाम धादिङबेसिमा सञ्चालित तालिममा (इ.सि.इ.सि) का प्रभा राई, सुमना श्रेष्ठ र सुनौलाबजार स्रोत केन्द्रका स्रोत व्यक्ति उदय बहादुर भण्डारी तथा शैक्षिक आयाम नेपालका शान्ता सुनवारले सहजिकरण गरे । शैक्षिक आयाम नेपाल धादिङले विभिन्न समयमा जिल्ला शिक्षा कार्यालय र अन्य सरोकारवाल निकायहरुसँग सहकार्य गरि यस्ता कार्यक्रमहरु गर्दै आइरहेको छ ।
२०७३ फागुन १७ गते प्रकाशित