

१४ फागुन, धादिङ –
धादिङका ३ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ ।
त्रिविले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन देशभर फागुन १८ गते गर्ने भनेपनि धादिङका ३ वटा क्याम्पसमा फागुन १४ गते नै निर्वाचन गर्ने तय गरिएको थियो । धादिङका ८ वटा क्याम्पस मध्ये सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ क्याम्पस, गजुरीमा रहेको आर्दश बहुमुखी क्याम्पस र खानीखोलामा रहेको मछिन्द्र बहुमुखी क्याम्पसमा शनिबार निर्वाचन हुने बताइएको छ ।
विभिन्न विद्यार्थी संगठनहरुबीचको सहमति भएपछि ३ वटा क्याम्पसमा फागुन १४ गते नै निर्वाचन गर्ने तय गरिएको हो । बाँकी ५ वटा क्याम्पसमा त्रिविले तोकेकै मिति फागुन १८ गते निर्वाचन हुनेछ ।
शनिबार हुने निर्वाचनले अध्यक्ष, कोषाध्याक्ष, सचिव सहित सदस्य चयन गर्नेछ ।
२०७३ फागुन १४ गते प्रकाशित