
आगामी फागुन १० गते हुने नीजि तथा आवासीय विद्यालयको छाता संगठन प्याब्सनको १३ औँ महाधिवेशनका लागि तयारी तीब्र पारिएको छ । करिब ३२ बर्षर्को शैक्षिक इतिहास बोकेको देशभर ८ हजार विद्यालय, २ लाख २० हजार शिक्षक र ३० लाखभन्दा बढी विद्यार्थीहरु रहेको प्याब्सनमा पटक पटक बिभिन्न व्यक्तिले नेतृत्व गरे पनि त्यस क्षेत्रको विकृति हट्न सकेको छैन भने समाजमा अझै नीजि विद्यालयप्रतिको विश्वास घट्दो छ । संगठनका पदाधिकारी नीति भन्दा पनि नेतृत्वमा लाग्दा बिभिन्न गुट उपगुटमा विभक्त देखिएका छन् । आगामी हुन लागेको महाधिवेशनले यी र यस्ता बिषयलाई कसरी उठाउँदै छ र नेतृत्वले यी यावत समस्यालाई कसरी हेर्नुपर्छ भन्ने आगामी महाधिवेशनमा खुल्ला उपाध्यक्षमा उम्मेदवारी दिन लाग्नुभएका राजधानीको भ्याली पब्लिक माविका प्रिन्सिपल कृष्ण प्रसाद अधिकारीसंग कुरा गरेको छौँ ।
तपाईहरु महाधिवेशनको सम्मुखमा हुनुहुन्छ । अब महाधिवेशन सम्पन्न गर्न कस्तो तयारी भइरहेको छ ? महाधिवेशनको पूर्वसन्ध्यामा जिल्ला तथा क्षेत्र तहमा के कस्ता कार्यहरु सम्पन्न भए ?
– यही फागुन १० गते हुन लागेको प्याब्सनको महाधिवेशनको लागि तयारी अन्तिम चरणमा पुगेको छ । देशभरकै पचहत्तर जिल्ला तथा क्षेत्रगत रुपमा अधिवेशनहरु सम्पन्न भइसकेका छन् । र महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु पनि लगभग टुङगिसकेको अवस्था छ । अब देशभरका सबै विद्यालयका प्रधानाध्यापकहरु पनि महाधिवेशनबाट एउटा दरो नयाँ कुशल नेतृत्व चयन होओस् भनेर लाग्नुभएको छ ।सबैलाई चुनावी सरगर्मी लागेको छ । बिभिन्न प्यानलमा सार्थीहरुले नेतृत्वको लागि नाम दिनुभएको छ । अन्य बिभिन्न पदमा पनि आकाँक्षी धेरै हुनुहुन्छ । सकेसम्म हामी सर्वसम्मत रुपमा नेतृत्व चयनमा लागेका छौँ । यसै अनुसार हामी अगाडी बढेका छौँ ।
तपाईले बिभिन्न प्यानलको कुरा उठाइरहँदा प्याबसन पनि राजनैतिक फोहोरी खेलबाट अछुतो हुन सकेन है । तपाईहरु यसरी गुट उपगुटमा लाग्दा प्यबसनको गरिमा कहाँ पुग्ला? फेरि शैक्षिक क्षेत्रमा यसरी राजनीति हावी हुँदा त राम्रो म्यासेज त जाँदैन नि विद्यार्थी र अभिभावकमा । नेतृत्व चयन गर्ने सर्वसम्मतको प्रयास कत्तिको सफल होला ?
– तपाईले गर्नु भएको कुरा सत्य हो । कुनै पनि शैक्षिक संस्थामा राजनीति हावी हुनुहँदैन । तर राजनीति भनेको गर्नै नहुने कुरा पनि होइन । यो त नीतिहरुको राजा हो । तर नेपालमा राजनीतिको जुन संस्कार कायम भएको छ त्यसले आम सर्वसाधारणहरु आजित भएका छन् । तपाईले भनेजस्तै राजनीतिको फोहीरी खेल नेपालमा भइरहेको छ । तर हामी त्यसरी प्यावसनमा राजनीति हावी हुन दिएका छैनौँ । आम अभिभावक र विद्यार्थीलाई पनि के आश्वस्त पार्न चाहान्छु भने हामी पुर्णतया कसरी विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिनुपर्छ र शिक्षामा व्यावहारिकता र वैज्ञानिकता कसरी ल्याउन सकिन्छ भनेर नै लागेका छौँ । हजुरले भनेजस्तो राजनीति छैन प्याबसनमा । सक्षम व्यक्तिले नेतृत्व पाउनुपर्छ ।
हामीले आगामी महाधिवेशनमा तपाईको खुल्ला तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी पस्कँदै हुनुहुन्छ र त्यसको लविङमा पनि लाग्नुभएको छ भन्ने सुनेका छौँ । के यो बिषय सत्य हो ?अब तपाईलाई उपाध्यक्षमा जिताउनुपर्ने आधारहरु केके छन् त?
तपाईले उठाउनुभएको कुरा सत्य हो। म प्याबसनको आगामी महाधिवेशनको खुल्लाथर्फको उपाध्यक्ष पदमा उठ्दै छु । मैले करिब ७ बर्षसम्म प्याबसनको केन्द्रिय समितिमा काम गरिसकेको छु । निकै कम उमेरमा म प्यावसनको केन्द्रिय सदस्य भएको हुँ । त्यति मात्र होइन मेरो कार्यकुशलता,नेतृत्व क्षमता,इमान्दारितामा सबै मेरा सहकर्मीहरु,प्रिन्सिपलहरुले विश्वास गरेर नै मैले २ कार्यकाल सचिव भएर पनि काम गरेँ ।अहिले पनि मलाई राजधानीका सबै नीजी विद्यालयलाई संगठित,अनुशासित र व्यवस्थित गर्ने जिम्मा दिइएको छ । त्यसैले पनि सबै सहकर्मीको माग पनि म संग प्याबसनलाई हाँकेर लैजाने क्षमता भनेर नै । मैले खुल्ला उपाध्यक्षमा उम्मेदवारी पेश गरेको हुँ । आशा छ सबैके मायाले जित्ने छु । अनि अर्को कुरा हजुरले जुन उठाउनु भएको छ । के का लागि उम्मेदवारी भनेर । यस बिषयमा म केही भन्न चाहान्छु ।
हेर्नुहोस्,अहिले देशभर प्याबसनमा आवद्ध ८ हजार विद्यालय,२ लाख २० हजार शिक्षक र ३० लाखभन्दा बढी विद्यार्थीहरु रहेका छन् । राज्यले हामीलाई सदिऔँदेखि उपेक्षा गरिरहेको छ । हामीले दक्ष जनशक्ति उत्पादनको आवश्यकतालाई परिपुर्ति गरेका छौँ । राज्यले शिक्षाको नामा बर्षेनी अरबौँ रुपैँयाँ खर्चेको छ तर गुणस्तरीय शिक्षा प्रदान गर्न सकिरहेको छैन । पढेर काम र मामको लागि विदेश जानुपर्ने बाध्यता रहेको छ । हामीले सरकारको सहयोग विना पनि उच्च शैक्षिक जनशक्ति उत्पादन गरिरहेका छौँ ।
हामी ढुक्कसंग भन्न सक्छौँ हामीले उत्पादन गरेका विद्यार्थीहरु राष्ट्रिय क्षेत्रमा मात्र होइन अन्तराष्ट्रिय जगतमा पनि अब्बल सावित भएका छन् । त्यसैले अब हामी राज्यसंग एक भएर अगाडी बढ्न चाहान्छौँ । सरकारले पनि हामीलाई विश्वास गर्न सक्नुपर्दछ । हामी कहिल्यै पनि सरकारसंग विरोधी भएर शत्रुवत व्यावहार गर्न चाहान्नौँ । यदि देशलाई साँच्चै नै अगाडी बढाउने हो भने एकले अर्कालाई सम्मान गर्दै आआफ्ना गतिविधि सत्तचालन गर्नुपर्दछ ।
हेर्नोस सरकारको अहिलेको नीतिकै कुरा गर्नु हुन्छ भने त देशभरको प्रिन्सिपलहरुको रोजीरोटी धरापमा छ । सरकारले यही उपेक्षाको नीति अबलम्बन गर्दै जाने हो भने देशभरका सबै विद्यालय र विद्यार्थीको भबिष्यको ग्यारेन्टि कसले लिन्छ । त्यसैले एउटा भिजन सहित यी भिभिन्न बिषयलाई आफ्ना मागको रुपमा लिएर म चुनावमा होमिएको छु । आशा र विश्वास छ सबैले मलाई सहयोग गर्नुहुन्छ ।
प्याब्सनमा पटक पटक बिभिन्न व्यक्तिले नेतृत्व गरे पनि त्यस क्षेत्रको विकृति हट्न सकेको छैन । त्यसैले समाजमा अझै नीजि विद्यालयप्रतिको विश्वास घट्दो छ ।यसमा तपाई के भन्नु हुन्छ ।
– तपाइले भनेजस्तो नीजि विद्यालयमा त्यस्तो विकर्षण छैन बरु प्रतिबर्ष हामी प्रति आकर्षण बढिरहेको छ । कारण हामी गुणस्तरीय शिक्षा प्रदानसंगै विद्यार्थीलाई जीवन पजि सिकाइरहेका छौँ । सरकारले शिक्षामा गरेको लगानीको प्रतिफलको कुरा गर्नुहुन्छ भने ० दशमलव पनि छैन । यस्तो अवस्थामा यहाँको शैक्षिक जनशक्तिको माग कसले थेगेको छ तपाई आफै भन्नुहोस् त ।
हो तपाइले भनेजस्तो केही विकृतिहरु भनौँ या समस्या छन् हामीसंग । यसमा अबको नेतृत्वले निकै सचेतता अपनाउनु पर्दछ । हरे विद्यालयका प्रिन्सिपलहरु नै यसमा जिम्मेवार हुनुपर्दछ । र कसरी हामीले समाजमा अअmै विश्वास कायम गर्न सक्छौँ भनेर सबै लाग्नुपर्दछ । अभिभावक र विद्यार्थीले पनि यो कुरा बुझ्नु पर्छ । सीमित श्रोत र साधन अनि राज्यको सहयोग विना नै हाम्रा शिक्षकहरुले निकै मिहिनेत गर्नुभएको छ । म उहाँहरुलार्य सम्मान गर्न चाहान्छु । तपाईहरु पनि विद्यार्थीहरुको भविष्यलाई केन्द्रमा राखेर शिक्षण सिकाई क्रियाकलापमा लाग्नुहोओस् । विस्तारै तपाई हाम्रो सबै कुराको सुरक्षाको ग्यारेन्टी हुन्छ । यसो हुन सक्यो भने हामी राज्यलाई ठाडै चुनौति दिन सक्छौँ ।
अहिले सरकारले हामीप्रति जुनप्रकारको आरोााप लगथाउने गरेको छ नि नीजी विद्यालयहरु व्यवस्थित हुन सकेनन् । जनशक्ति पलयायनवादी भो भनेर ।त्यसको रिजल्ट अबको दश पन्ध्रबर्षपछि आउँछ , हाम्रा विद्यार्थी सधैँको लागि विदेश कदापी गएका छैनन् । उनीहरु त्यहाँ गएर आफूले एउटा निश्चित तहको कोर्ष पुरा गरिसकेपछि स्वदेश फर्कने छन् र राष्ट्रको विकासको लागि बिभिन्न तहमा रहेर काम गर्ने छन् । तयसबेला पक्कै पनि राज्यले नीजि विद्यालयको महत्व र भुमिका बढ्ने छ । त्यसैले नीजि विद्यालयप्रति जुन आरोप र अपुरो बुझाइ छ हामी त्यसलार्य चिर्न लाग्ने छौँ । यो कुरा यो हाधिवेशनमा पनि स्पष्टसंग उठ्ने छ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
– जसरी हामीले चाडपर्वहरु दशैँ,तिहार मनाउँछौँ । त्यसैगरी आसन्न महाधिवेशन पनि देशभरका नीजि विद्यालयमा अध्यापनरत श्क्षिक शिक्षिकाको पर्व हो । सबै सहभागि भएर राम्रो त्यस्तो नेतृत्व जससंग एउटा शैक्षिक भिजन छ र शैक्षिक बिषयमा राज्यसंग वहसको पैरवी गर्न सक्ने व्यक्ति छनोट गरौँ । पार्टीभन्दा माथि उठेर संस्थाको हित हुने गरी उम्मेदवारहरुलाई जिताउन महाधिवेशनमा सहभागि हुने सबै पर्यवेक्षक तथा प्रतिनिधिहरुलाई अपिल गर्दछु ।मेरो पनि महाधिवेशनमा खुल्ला उपाध्यक्षमा उम्मेदवारी छ । मेरो अनुभव र कार्यकुशलताको अधारमा जिताउनुहुने छ भन्ने विश्वास छ । धन्यवाद ।
२०७३ फागुन ६ गते प्रकाशित