

६ फागुन, काठमाडौं –
भारतको हिमान्चल प्रदेश राज्यस्थित हाइड्रोपावर आयोजनामा काम गर्ने ४३ नेपाली मजदुर आठ महिनादेखि त्यहाँको जेलमा छन् । आन्दोलन गरेको आरोपमा उनीहरुलाई जेलमा राखिएको छ । उनीहरुसँगै भारतीय मजदुर पनि जेल परेका छन् ।
जलविद्युतको बाँध निर्माणमा संलग्न ती मजदुरले सरकारी मापदण्ड अनुसार सुविधा पाउन आन्दोलन गरेका थिए ।
तलब, भत्ता, बिदा, ओभरटाइम सुविधालगायत माग राख्दै आन्दोलन गरेको भारतीय कम्युनिस्ट पार्टी माक्र्सवाद (सीपीआईएम) को मजदुर संगठन सेल्ट्रल ट्रेड युनियन अफ इन्डिया ९सीआइटियु० को नेतृत्वमा उनीहरुले गत मार्चदेखि हड्ताल गरेका थिए ।
हाइड्रोपावरमा काम गर्ने ४८ नेपाली मजदुर जेल चलान भएकोमा पाँच जना धरौटी बुझाएर छुटेका छन् । नागरिक द्रैनिकबाट
२०७३ फागुन ६ गते प्रकाशित