Sat. Mar 15th, 2025

पाकिस्तानमा आत्मघाती बम आक्रमण, सात जनाको मृत्यु

pakistanattack

 ५ फागुन,  धादिङ –

पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा भएका दुई छुट्टाछुट्टै आत्मघाती बम आक्रमणमा कम्तिमा सात जनाको मृत्यु भएको छ ।

अन्य केही घाइते भएका छन् । मोहमन्द आदीबासी क्षेत्रमा भएको पहिलो आत्मघाती आक्रमणमा पाँच जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । मृत्यु हुनेमा तीन जना प्रहरी अधिकारी र दुई जना सर्वसाधारण नागरिक छन् । तालिबानसँग सम्बन्धित जमात–उस–अहरारले आक्रमणको जिम्मेवारी लिएको छ ।

यस्तै पेशावर शहरमा न्यायाधीश चढेको गाडीलाई लक्षित गरी भएको आक्रमणमा दुई जनाको मृत्यु भएको छ । आक्रमणमा परि न्यायाधीश चढेको गाडीका चालक र एक पैदलयात्रीको मृत्यु भएको हो ।

गाडीमा रहेका चार जना न्यायाधीश घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । पाकिस्तानमा पछिल्लो समय आत्मघाती बम आक्रमणका घटना बढ्दै गएका छन् ।

२०७३ फागुन ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: