पहिलो पटक प्रकाशित मिति : २०७३ फागुन ३ गते
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) र रुम टु रिड नेपालको साझेदारीमा सञ्चालि साक्षरता कार्यक्रम अन्र्तगत धादिङ जिल्लाको विभिन्न गा.वि.सका ३४ वटा विद्यालयहरुमा पुस्तकालय व्यवस्थापनका लागि फर्निचरहरु आवश्यक परेको हुँदा खरिदको लागि प्रथम पटक शिलवन्दी बोलपत्र आह्वान गरिएकोमा तोकिएको स्पेफिकेसन निर्देशिका र सिलवन्दी बोलपत्र सम्वन्धि शर्तहरुको अधिनमा रहि नेपाल सरकारवाट ईजाजत प्राप्त गरि अनिवार्य रुपमा फर्मको नवीकरण गरिएका प्रमाण र कागजातहरु, आवेदन फर्मको विवरण, भ्याट दर्ता प्रमाण पत्र, फर्मको दर्ता प्रमाण पत्र, आ.व. ०७२/७३ को करचुक्ता प्रमाण पत्र सहित ईच्छुक विक्रेता÷सप्लायर्सहरुवाट यो सूचना प्रकाशित भएको १५ औं दिन भित्र रितपूर्वक शिलवन्दी बोलपत्र पेश गर्न आव्हान गरिएको छ । सिलवन्दी वोलपत्र फाराम रु. १,०००/– (पछि फिर्ता नहुने गरि) तिरी प्रथम पटक प्रकाशित मितिले १५ औं दिन कार्यलय समयभित्र (१०ः०० देखि ५ः००) कार्यालयमा दर्ता गरिसक्नु पर्नेछ । दर्ता भएका सिलवन्दी वोलपत्रहरु १६ औं दिनको २ वजे खोलिनेछ । १६ औं दिन सार्वजनिक विदा परेमो भोलिपल्ट विहान ११ः०० बजे शिलबन्दी बोलपत्र खोलिनेछ । वोलपत्रवाला वा नीजको प्रतिनिधि उपस्थित नभए पनि वोलपत्र खोल्न वाधा पर्ने छैन । कवोल गरेको रकमको हुन आउने २.५ प्रतिशत रकम संस्थाको नाममा रहेको सानिमा..बैंक लि धादिङवेसी स्थित ब.हि.नं. ००४००००३२७८०१ नं. को खातामा धरौटी रकम जम्मा गरेको भौचर वा मान्यता प्राप्त बैंकिङ्ग संस्थाबाट बैंक ग्यारेण्टी गरिएको पत्र पेश गर्नुपर्ने छ ।सिलवन्दी बोलपत्रहरु स्वीकृत गर्ने, नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने आदि सम्पूर्ण अधिकार यस प्रयत्नशील सामुदायिक विकास समाज धादिङमा रहनेछ र सो सम्वन्धमा कसैलाई कुनै जानकारी दिन संस्था वाध्य हुने छैन । सिलवन्दी वोलपत्रहरु सम्वन्धि विस्तृत जानकारी कार्यालयको सूचना पाटीमा टांस गरिएको छ ।
विस्तृत जानकारीका लागि : प्रयास नेपाल धादिङ निलकण्ठ–३, धादिङबेशी फोन नं. ०१०५२०४५०,५२०३४१
Email :[email protected]
प्रयत्नशील सामुदायिक विकास समाज
(प्रयास नेपाल), धादिङ
२०७३ फागुन ३ गते प्रकाशित