Sat. Mar 15th, 2025

लाहोरमा बम विस्फोट हुदाँ डिआइजी र एसएसपीसहित १३ जनाको मृत्यु

lawos

३ फागुन,  धादिङ –

पाकिस्तानको लाहोरमा बम विस्फोट हुँदा कम्तिमा १३ जनाको ज्यान गएको छ ।

लाहोरको पूर्वी क्षेत्रमा भएको विरोध प्रदर्शनको आत्मघाती बम विस्फोट हुँदा अन्य ४० जना घाइते भएको र घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको पाकिस्तान प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

विस्फोटनमा परि ज्यान जानेमा लाहोरका ट्राफिक प्रहरी डिआइजी अहमद मुबिन र एसएसपीका जाहिद महमुद गोन्दल पनि रहेको समाचार संस्था एपीले जनाएको छ । स्थानीय एक फार्मेसीले पञ्जाब प्रान्तले औषधि बिक्री सम्बन्धी कानुनमा संशोधन गर्न लागेकोमा विरोध प्रदर्श भइरहेको ठाउँमा विस्फोट भएको हो ।

मोटरसाइकलमा आएको आत्मघाती आक्रमणकारी प्रदर्शनकारीकोबिचमा छिरेर आफैलाई विस्फोट गराएको प्रत्यक्षदर्शीले बताएका छन् । तालिबानसँग सम्बन्धित समूह जमात–उल–अहरारले विस्फोटको जिम्मेवारी लिएको छ । पाकिस्तानी सेनाले गरेको कारवाही अभियानको प्रतिक्रिया स्वारुप विस्फोट गराएको उसको भनाई छ । ज्यान जानेको संख्या अझै बढ्न सक्ने खतरा छ ।

२०७३ फागुन ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: