Fri. Feb 28th, 2025

दिदीद्धारा बहिनी समूहलाई बाख्रा उपहार

bakhra-bitaran

२ फागुन,  धादिङ –

गोगनपानीका कालीका समूहका विन्दा पूलामीले सोही ठाउँका मीना तामाङलाई बाख्रा उपहार दिइन् । बाख्रासँगै बाख्रा बाध्ने डोरी, किला, घाँस, पिठो समेत दिइन् । उनले बहिनी समूका मिन कुमारी नेपाल र निर्मला बाग्लेलाई पनि त्यसरी नै बाख्रा दिइन् ।

“भोकालाई एक छाक होइन, जिउने जुक्ति सिकाऔँ” भन्ने मुल नाराका साथ गाविसमा गठित कालिका महिला दिदि समुहले ४३ वटा बाख्रा बहिनी समुहलाई उपहार स्वरुप प्रदान गरेका हुन् । हेफर इन्टरनेशनल नेपाल ललितपूरको सहयोगमा प्रयास नेपाल धादिङले कार्यक्रमको आयोजना गरेको हो ।

बाख्रा पालनबाट किसानहरुको जिवन स्तर माथि उकास्ने र महिलाहरुको पनि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरुको अयोजना गरेको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।

भुकम्प पश्चात आफैँ बाच्न पनि कठिन रहेको अवस्थामा बाख्रा पालन गरेर अन्य बहिनी समुहलाई उपहार प्रदान गरेकोमा खुशि व्यक्त गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिनु पर्ने हेफर इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक तीर्थ राज रेग्मीले बताए । कालिका महिला समुहको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा गाविस स्थित १२ वटा समुहका महिला दिदि बहिनीहरु लगायत स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।

२०७३ फागुन २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: