Fri. Feb 28th, 2025

धादिङे गायक बेग रानाको रोइला गीत ( भिडियो सहित )

beg-rana

२५ माघ,  धादिङ – 

नेपाली गी संगीतलाई अत्यन्तै माया गर्ने  सर्जक गायक बेग राना बिगत केहि वर्ष देखि बैदेशिक रोजगारीको सिलसिलामा  नेपाल भन्दा बाहिर रहेर पनि लोक गीत संगीतमा  अगाडी बढी भरहेका छन् ।

विदेशमा रहिरहदाँ सुख दुख  भनेकै गीत संगीत हो । गीत संगीत मै रमाउने बेग रानाको आज भन्दा  झन्डै  सात वर्ष अघि सकिन जुन छुन बजारमा आएको थियो उक्त गीतले  निकै नै चर्चा बटुल्न सफल रहेको थियो । त्यस समयमा अडियो क्यासेट  पनि थुप्रै बिक्री भयको थियो जुन गीत बाट चर्चा बटुल्दै  अगाढी बढेका बेग रानाले  मुलको पानि मन पर्छ  जस्ता अन्य गीतहरु बजारमा लिएर आइसकेका छन् ।

र  फेरी केहि समयको अन्तराल पछी  नेपाल आएको मौका छोपी अन्य दुई वटा गीत लाई निकालेका छन् । हालसालै बजारमा आएका  दुई वटा गीतमा बेग राना कै लय सब्द रहेको छ भने रोईला गीत मा बेग राना कै अभिनय लाई देख्न सकिन्छ  । गीतमा मुना थापा मगर  र बेग राना मगर कै आवाज रहेको छ भने बेग राना  र सोनीका कार्कीको निकै नै राम्रो अभिनय देख्न सकिन्छ  । राना धादिङको सल्यानटार गाविसका हुन् ।

२०७३ माघ २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: