Fri. Mar 14th, 2025

भारतमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प

earthquake_
२५ माघ,  धादिङ –

भारतको दिल्लीसहितका ठाउँमा सोमबार राती १० बजेर ४९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।

देहरादुनको उत्तरपूर्वी क्षेत्र केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भारतको मौसम विभागले जनाएको छ । तर अमेरिकी भूगर्भ विभिग युएसजिएसले भने ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प रहेको जनाएको छ ।

दिल्लीसहित उत्तर प्रदेश, हिमाञ्चल तथा हरियाणामा पनि भूकम्पको धक्का महसुस भएको थियो । भूकम्प गएपछि मानिसहरु घर बाहिर निस्किएका थिए । भूकम्पका कारण भएको क्षतिको विवरण आएको छैन ।

२०७३ माघ २५ गते प्रकशित

About The Author

अन्य समाचारहरु: