
१६ माघ, धादिङ –
सकंटा क्लबको आयोजनामा भएको राष्ट्रिय आमन्त्रण सकंटा रनिङ शिल्ड तेक्वान्दो प्रतियोगिताको उपाधि मध्यमाञ्चल क्षेत्रीय टिमले जितेको छ । राजधानीमा आइतबार सम्पन्न प्रतियोगितामा ६ स्वर्ण पदक जित्दै मध्यमाञ्चल टिम च्याम्पियन बनेको हो ।
प्रतियोगितामा आयोजक संकटा ३ स्वर्णसहित दोस्रो भयो भने तेस्रो भएको विभागीय टोली एपीएफले १ स्वर्ण पदक जित्यो । नेपाल तेक्वान्दो सघंको प्राबिधिक सहयोगमा भएको प्रतियोगिताको उपाधिसँगै मध्यमाञ्चलले हुने शिल्डसहित ३० हजार नगद पुरस्कार प्राप्त गर्यो । त्यस्तै उपविजेता संकटाले २५ हजार प्राप्त गर्दा तेस्रो भएको एपीएफले १५ हजार पुरस्कार पाएको छ ।
दुई दिने प्रतियोगितामा पाँच विकास क्षेत्र, तीन विभागीय टोली र एक आयोजक गरी ९ टिमको सहभागीता रहेको थियो । प्रतियोगितामा पुरूष र महिलागरी करिब ९१ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
धादिङका प्रदिप थिरी ७४ किलो मुनी तौल समूहमा द्धितिय भएका छन् । आयोजक सकंटा तेक्वान्दो डोजाङबाट खेलेका गिरीले सहित धादिङकी अनिता घले तृतीय भइन् ।
२०७३ माघ १६ गते प्रकाशित