
१६ माघ, धादिङ –
धादिङ समाज दक्षिण कोरियाको अध्यक्षमा सन्तोष अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।
संस्थाको कोरियामा शनिबार सम्पन्न पाँचौँ अधिवेशनले अधिकारी अध्यक्ष रहने गरि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको बरिष्ठ उपाध्यक्ष बसन्त सिम्खंडा, उपाध्यक्षमा रमेश श्रेष्ठ, यदु लम्साल, महासचिवमा भरत सुवेदी, सचिवमा शंकर नेपाल र फडिन्द्र इटनी, कोषाध्यक्षमा नवराज कंडेल रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा रामचन्द्र सिंखडा, सुवास सिंखडा, मधुराई, शान्त पाण्डे, गंगा लोहनी, उज्वल रुपाखेती, मिलन लामा, रमेश श्रेष्ठ र सोनु बस्नेत रहेका छन् ।
२०७३ माघ १६ गते प्रकाशित