१० माघ, धादिङ-
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन राजधानीको भृकुटीमण्डपमा हुने भएको छ । आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने भनिए पनि अहिलेसम्म स्थानको टुङ्गो लाग्न सकेको थिएन ।
पार्टी प्रवक्ता राजाराम श्रेष्ठले महाधिवेशनका लागि भृकुटीपण्डप चार दिनका लागि बुकिङ भइसकेको जानकारी दिए । उद्घाटन प्रदर्शनी मार्ग तथा बन्दसत्र प्रदर्शनी हलमा हुने उनले बताए ।
राप्रपा तथा राप्रपा नेपालबीच एकीकरण भएपछि पहिलोपटक हुन लागेको महाधिवेशनका लागि पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा ५ सय १ सदस्यीय एकता महाधिवेशन व्यवस्थापन मूल समारोह समिति गठन भइसकेको छ ।
०७३ माघ १० गते प्रकाशित