८ माघ, धादिङ –
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले रेडियो नवीकरण दस्तुर घटाउनतर्फ आफूले निर्देशन दिएको जानकारी जानकारी दिएका छन् ।
नेपाल पत्रकार महासङघ मकवानपुर शाखाको सूचना केन्द्रको उद्घाटन गर्दै मन्त्री कार्कीले एफ एम रेडियोले तिर्दै आएको दस्तुर घटाउनका लागि आफुले सम्बनिधत व्यक्तिलाई आग्रह गरिसकेको बताएका हुन् । राज्यलाई एफएम रेडियोले राजस्व बुझाउदा भन्दा जनउत्तरदायित्वको पत्रकारिता गर्दा लाभ हुने मन्त्री कार्कीले बताए ।
यस्तै उनले सरकारले हुलाक सेवालाई परिमार्जन गरेर सामुदायिक सूचना केन्द्र बनाउने आफ्नो योजना बनाएको बताए ।
हुलाक सेवा सूचना तथा सञ्चारको अत्याधुनिक अवस्थामा कार्यविहिन भएको भन्दै सरकारले सूचनाको क्षेत्रमा सदुपयोग गर्नुपर्ने बताए । जनतालाई सुसूचित गराउँदा जनताले लोकतन्त्रको आभास गर्ने र विकासमा समेत तीव्रता आउने उनको भनाइ छ ।
२०७३ माघ ८ गते प्रकाशित