

६ माघ, रसुवा –
रसुवामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत १५ वटा व्यावसायिक कृषि उत्पादन क्षेत्र (पकेट) निमार्ण गरिएको छ । जिल्लाको ११ वटा गाविसको १४ स्थानमा पकेट निमार्ण गरिएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लाको ११ गाविसमा दुई सय रोपनी क्षेत्रफलमा पकेट क्षेत्र र गत्लाङ र लहरेपौवा गाविसमा दुई हजार रोपनीको आलु खेतीको व्लक निमार्ण अघि बढाइएको छ ।
पकेट क्षेत्र अन्तर्गत मुख्य खाद्यान्न बालीको ७, आलुको ४, अदुवाको २, सिमीको र धानको बिउको एक गरी १५ वटा पकेट क्षेत्र निमार्ण कार्य अघि बढेको हो ।
२०७३ माघ ६ गते प्रकाशित