Thu. Mar 6th, 2025

रियल मड्रिडको लगातार दोस्रो हार

real-madrik
६ माघ,  धादिङ –

रियल मड्रिड लगातार दोस्रो खेलमा पराजित भएको छ ।

ला लिगा अन्तर्गत गएको आइतबार सेभिल्लासँग २–१ ले हारेको रियल मड्रिड कोपा डेल रे अन्तर्गत बुधबार राति भएको खेलमा पनि पराजित भएको छ । कोपा डेल रेको क्वाटर फाइनलको पहिलो लेगमा सेल्टा डि भिगोसँग २–१ ले हारेको हो । गएको मार्च देखि लगातार ४० खेलसम्म अपराजित रहेर कीर्तिमान बनाएको रियल मड्रिडको यो सन् २०१५ को नोभेम्बरपछि पहिलो लगातार हार हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड गोलरहित बराबरीमा रोकिएको थियो ।

६४ औं लागो एस्पासले सेल्टाका लागि पहिलो गोल गरे । त्यसको पाँच मिनेटपछि मार्सेलोले रियल मड्रिडका लागि बराबरी गोल फर्काए । एक मिनेटपछि नै कास्ट्रो ओट्टोले गोल गर्दै सेल्टालाई २–१ को जित दिलाए । ८ मिनेट बाँकी हुँदा करिम बेन्जिमाले प्रहार गरेको बल क्रसबार भन्दामाथिबाट गएको थियो ।

२०७३ माघ ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: