Sun. Mar 9th, 2025

लोकमानले रातो पासपोर्ट फिर्ता गरे

lokman-karki

५ माघ, काठमाडौं – 

सर्वोच्च अदालतद्धारा अयोग्य सावित भएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले राज्यले उपलब्ध गराएको रातो पासपोर्ट फिर्ता गरेका छन्। कार्कीले गत बिहीबार राहदानी विभागलाई विशेष सुविधाको पासपोर्ट फिर्ता गरेका हुन्।

राहदानी विभागले सन् २०१३ अक्टोबर ६ मा उनलाई ५ वर्षे अवधिको रातो पासपोर्ट उपलब्ध गराएको थियो। विभागका महानिर्देशक सुशीलकुमार लम्सालका अनुसार कार्कीले गत बिहीबार आफ्ना सहयोगी मार्फत राहदानी फिर्ता गरेका हुन्। नेपाल समाचार पत्रबाट

२०७३ माघ ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: