Thu. Mar 6th, 2025

लिभरपुल र म्याचेस्टर युनाइटेड बराबरीमा

liverpool

३ माघ, धादिङ  –

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको महत्वपूर्ण खेलमा लिभरपुल र म्याचेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।

लिभरपुल र म्यानचेस्टर युनाइटेडले १–१ को बराबरी खेलेका हुन् । युनाइटेडको मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा २७ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै जेम्स मिल्नरले लिभरपुललाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले पछि परेको युनाइटेडका लागि खेल सकिन ६ मिनेट बाँकी हुँदा जाल्टन इब्राहिमोविचले बराबरी गोल फर्काए ।

पहिलो हाफमा युनाइडेडका लागि इब्राहिमोविच र हेनरिक खितर्यानले गरेको प्रहार लिभरपुलका गोलरक्षक सिमोन माग्नोलेटले जोगाए । लिभरपुलका लागि सिमोन नै नायक बने ।
२०७३ माघ ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: